पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो

Bhugolpark

१ आश्विन, २०८२,१०:४२

१ असोज, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।


13 Views

Comments