काठमाडौँ क्षेत्र नं. ६ विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यमा अजित खड्काको उम्मेदवारी, चुनाव चिन्हः तराजु

Bhugolpark

१० बैशाख, २०८१,०८:५२

काठमाडौँ क्षेत्र नं. ६ विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यमा अजित खड्काको उम्मेदवारी दिनुभएको छ ।उहाँको चुनाव चिन्हः तराजु रहेको छ ।

काठमाण्डौं ५ का बासिन्दा अजित खड्काले विद्यार्थी कालदेखि नै अनवरत रूपमा विभिन्न सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल, स्काउट, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) मा आबद्ध रही सामाजिक कार्य गर्दै आउनुभएको छ। उहाँ उद्यमशीलता, परोपकारिता, र इमानदारी जीवनको मूलमन्त्र मान्ने खड्का सुसंस्कृत राजनीति मार्फत संवृद्धि आफ्नै जीवनकालमा सम्भव छ भनेर लोक कल्याणकारी राज्य स्थापित गर्न कटिबद्ध राजनीतिकर्मी भएको आफूलाईं बताउँनुभयो। सांसदको हैसियतमा देशको दूरगामी हित, सार्वभौमिकता, स्वाधीनता, अखण्डता, राष्ट्रिय सुरक्षा, दिगो विकास, सुशासन, चुस्त दुरुस्त सेवा प्रवाह र संवृद्धिसँग सम्बन्धित आवाज संसदमा बुलन्द गर्ने बताउँनुभयो ।

उहाँ निःशुल्क, गुणस्तरीय र व्यावहारिक  शिक्षामा समान पहुँचको सुनिश्चितता नेपालको संविधान २०७२ को भाग ३ को ३१ मा गरेको बताउँनुभयो ।उहाँ प्रत्येक नागरिकलाई राज्यबाट प्राथमिक शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चितता गरेको भएता पनि धनिले महंगो शिक्षाको उपभोग गर्दछन भने पैसा तिर्न नसक्नेले गुणस्तरहिन पठनपाठन भएका अव्यवस्थित विद्यालयहरुमा पढ्न बाध्यकारी स्थिति विद्यमान रहेको र अझै पनि धेरै बालबालिकाहरू शिक्षाबाट वञ्चित रहेका तथा सरकारी विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरको कारण धेरैजसो अभिभावकहरू बालबालिकाको उचित शिक्षाको लागि निजी विद्यालयहरूमा महँगो शुल्क तिर्न बाध्य रहेका बताउँनुभयो।

यस अवस्थाको अन्त्यको लागि विवेकशील साझा पार्टीले सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि स्पष्ट नीति तर्जुमा गरी तत्काल कार्यान्वयनमा लैजान नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउँनुभयो। त्यस्तै निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था नेपालको संविधान २०७२ को भाग ३ को ३५ ले गरेको बताउँनुहुदै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ बताउँनुभयो । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरेको भएता पनि प्रत्येक स्थानीय तहमा आवश्यक दरबन्दी सहितको सुविधा सम्पन्न सरकारी अस्पताल उपलब्ध हुन नसक्दा नागरिकहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएको बताउँनुभयो। यसको अन्त्यको लागि विवेकशील साझा पार्टीले एक पालिका एक सुविधा सम्पन्न अस्पताल र हरेक जिल्लामा जनरल फिजिसियन (जी.पी.) को दरबन्दी अनिवार्य गर्ने नीति लिएको साथै आधारभूत तथा गम्भीर प्रकृतिका रोगको निःशुल्क उपचार गरिने व्यवस्था लागु गर्नेभन्नुभयो।  मुलुक भित्र चरम राजनीतिक तथा प्रशासनिक बेथितीको कारण वार्षिक रूपमा लाखौंको संख्यामा बेरोजगारी बढिरहेको बताउँनुभयो। दैनिक जीविकोपार्जनको लागि अवसरको खोजीमा काम गर्ने उमेर समूहका अधिकांश युवाहरू बिदेशीन बाध्य रहेको स्थितिमा सुधार गर्न विवेकशील साझा पार्टीले Nepali First (नेपाली पहिला) भन्ने नीति लागु गरेको र नेपाल भित्र संचालित सम्पूर्ण परियोजनाहरूमा शतप्रतिशत नेपाली कामदार (श्रमिक) अनिवार्य राख्नुपर्ने व्यवस्था गर्ने जानकारी दिदै कृषि, पशुपालन, पर्यटन क्षेत्रलाई आधुनिकीकरण गर्ने बताउँनुभयो । उहाँले यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्दै नेपालमा नै उपलब्ध कच्चा पदार्थमा आधारित लघु, मझ्यौला तथा ठुला उद्योग सञ्चालनको लागि उचित नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने बताउँनुभयो।  

उहाँले पूर्वाधार निर्माण र दिगो विकासको सन्दर्भमा विवेकशील साझा पार्टीको दूर दृष्टिकोण रहेको जानकारी दिदै विवेकशील साझा पार्टीसँग अबको २० वर्ष पछि नेपालको सामाजिक संरचना कस्तो हुने, बस्ती विकास र सहरी विकासको अवस्था कस्तो हुने, पूर्वाधार विकासको अवस्था कस्तो हुने जस्ता विषयमा विश्व समुदायको अनुभव, विज्ञहरूको राय समेटिएको प्रस्ट भिजन रहेको बताउँनुभयो ।

आफूले चुनाव जीतेको खण्मा राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि संसदमा दरो आवाज उठाउने बताउँनुभयो ।उहाँले दुई दशक समय बितिसक्न लाग्दा पनि द्वन्द्व पीडितलाई सम्बोधन गर्न नागरिकता समस्या समाधान गर्न  सुकुम्वासी समस्या गर्न वर्तमान सरकारले नसकेकोले नै आफूहरूले उम्मेदवारी दिउको बताउँनुभयो ।

 अर्कोतर्फ भारतसँगको खुल्ला सिमाना र खस्कँदो कूटनीतिको कारण बाह सुरक्षा चुनौती बढ्दो बताउँदै आन्तरिक तथा बाह्य सुरक्षा चुनौती न्यूनीकरण गर्न विवेकशील साझा पार्टीले द्वन्द्व पीडितको समस्या, नागरिकता समस्या, सुकुम्वासी समस्या सम्बोधन गर्न सांसदमार्फत सरकारलाई सुझाव सहित आवश्यक दबाब सिर्जना गर्न आफूहरूले चुनावमा भागलिएकोले आफुलाईं काठमाण्डौं ६ का जनताले भारीमतले जीताउँने विश्वास व्यक्त गर्नुभयो ।


182 Views

Comments