काठमाडौं । नेपाली बजारमा बुधबार (भदौ १८ गते) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई हजार रुपैयाँ बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । उक्त रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य उच्च विन्दुबाट पाँच रुपैयाँ घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments