दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

Bhugolpark

१७ भाद्र, २०८२,१०:४३

१८ भदौ, दमौली (तनहुँ) । तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।


25 Views

Comments