जापानबाट फर्केका हर्कले खोले रेस्टुरेन्ट,  जापानीज कोरियन देखि विभिन्न देशको स्वाद पाइने

Bhugolpark

१६ भाद्र, २०८२,१३:००

काठमाडौँ।। काभेरी स्पाइसी हेभन रेस्टुरेन्ट अब काठमाडौँको बसुन्धरामा सञ्चालित छ। जापानबाट फर्केका हर्कले नेपालमै केही गरौँ भन्ने सोचसहित यो रेस्टुरेन्ट सुरु गरेका हुन्, जसले नेपाली परिकारलाई नयाँ ढाँचामा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

सञ्चालक हर्कका अनुसार, “काभेरी स्पाइसी हेभन रेस्टुरेन्टले काठमाडौँको खान संस्कृतिमा नयाँ स्वाद थप्ने विश्वास गरेका छन्। उनले नेपालमै रोजगारी सिर्जना गर्ने उद्देश्य साथै ग्राहकलाई परम्परागत स्वादसँगै आधुनिक शैलीमा तयार गरिएका परिकार चखाउने बताएका छन्।। जस्तै उनले भिन्न देशहरूका खाना पनि उपलब्ध गराउने उद्देश्य रहेको बताए। 

त्यस्तै, काभेरीका शेफले आफूले सिकेका पकाउने सीपलाई नेपाली स्वादसँग मिसाएर नयाँ प्रयोग गरेको बताए। ग्राहकहरूले यहाँका परिकार चाख्दा नेपालीपनसँगै हल्का जापानी स्वादको अनुभव पाउने उनी बताउँछन्।

रेस्टुरेन्टको मेनु विविध छ। यहाँ कोरियन, जापानीज, र नेपाली परिकार पाइन्छ। यसले खानाप्रेमीलाई विभिन्न स्वादहरूको अनुभव दिन्छ।

साथै, काभेरी स्पाइसी हेभन रेस्टुरेन्टका परिकारहरू डब्लुएल फुड डेलिभरी मार्फत घरमै अर्डर गरेर खान सकिने सुविधा पनि उपलब्ध छ। यसले व्यस्त जीवनशैली भएका उपभोक्तालाई सहजै नयाँ स्वाद चाख्ने अवसर दिनेछ।

स्थानीय व्यवसायीहरूका अनुसार काभेरीको नयाँ प्रयोगले काठमाडौँको फूड संस्कृतिमा विविधता ल्याउने र बजारलाई अझ प्रतिस्पर्धी बनाउने बताउँछन्।


136 Views

Comments