घरदैलोमा व्यस्त काठमाडौं ५ (ख) का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछाने

Bhugolpark

६ बैशाख, २०८१,११:३०

घरदैलोमा व्यस्त काठमाडौं ५ (ख) का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछाने मत मागिरहेका मात्रै छैनन्, उनको भोटमाग्ने तरिकासमेत अनौठो छ ।उनी भोट माग्दा मतदाताको हातमा खाम थमाउँछन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। कोही चुनावी सभा त कोही घरदैलोमा व्यस्त छन्।

बागमती प्रदेश सभाका लागि काठमाडौं-५ (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछाने पनि प्रचारप्रसारमा व्यस्त छन्। “स्वतन्त्र भइसकेपछि आफूलाई चिनाउन चुनौती छ‚” उनी भन्छन्‚ “डिजिटल प्लेटफर्म र घरदैलो गरी प्रचारप्रसार गरिरहेको छु।”

घरदैलो गर्दा लामिछानेले मतदाताको हातमा खाम थमाउँछन्। कतिले खाम लिन नमानेको उनी बताउँछन्। “खाम दिंदा कतिलाई पैसा दियो भन्ने लाग्दो रहेछ। पैसा छ भनी सोध्नुहुन्छ। होइन, हामीलाई खाम चाहिंदैन भन्नुहुन्छ।”खामभित्र मतदातालाई लेखेको पत्र रहेको लामिछाने बताउँछन्। पत्रमा आफ्नो परिचयका साथै आफ्नो उम्मेदवारी किन भन्ने प्रष्टीकरण छ। “४२ वर्ष र पेशाले म मनोपरामर्शदाता तथा व्यवसायी बताउ मेरी श्रीमती विदुषी ढुंगेलसँग म पछिल्लो १० वर्षदेखि प्रेमिल वैवाहिक सम्बन्धमा छु‚” लामिछानेको पत्रमा उल्लेख छ‚ “वास्तवमा म तपाईंहरूजस्तै एक सामान्य नेपाली नागरिक हुँ,काठमाडौंमा बस्छु।”

आफूमा पनि आम सर्वसाधारण जस्तै देश बनोस् भन्ने सपना रहेको  र त्यसलाई पूरा गर्न प्रदेश सभा छानेको उनी बताउँछन्। “देशको बेथिती र विसङ्गतिहरूविरूद्ध मन उद्वलित हुँदा माइतिघरमा नागरिक समाजसँगै उभिएर राज्यलाईं प्रश्न सोध्छु, सरोकारवालाहरूसँग उत्तर माग्छु ।म तपाईंहरूजस्तै यो देशको वर्तमान व्यवस्थाप्रति चिन्तित र राजनीतिक दूर्दशाले दिक्क भएको आम नेपाली हुँ ।” उनी भन्छन्‚ “त्यसका लागि नागरिकको साथ समर्थन भयो भने त्यो सपनालाई पूरा गर्न सकिन्छ।”उनी आज पनि देशमा लगभग १८ % नागरिकहरू गरिबिका रेखामुनि रहेको बताउँदै अझै पनि हामी विश्वको भोकमरीको सूचीमा १२१ देशहरूमध्ये ८२ औं स्थानमा रहेको बताउँछन् ।

प्रदेश सभा नै छान्नुको पनि विशेष महत्त्व रहेको लामिछाने बताउँछन्। उनी भन्छन्‚ “हामीले जुन व्यवस्था ल्यायौं‚ त्यो व्यवस्थामा एउटा मात्रै तह बलियो बनाएर हुँदैन।” नेपालको संघीय गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संघ‚ प्रदेश र स्थानीय गरी तीनै तह बलियो हुनुपर्ने लामिछानेको मत छ।

तर‚ राजनीतिक दल मात्र होइन‚ स्वतन्त्र उम्मेदवार समेतले प्रदेशलाई बेवास्ता गरेको उनको बुझाइ छ। उनी प्रष्ट्याउँछन्‚ “मान्छेले प्रदेश मन पराएका छैनन्‚ त्यसैले हामी प्रदेश सभामा उठ्ने होइन, संघ वा स्थानीय तहमै उठ्नुपर्छ भन्ने मानसिकता भयो। त्यो लोकरिझ्याइँको मानसिकता गलत लागेर म प्रदेशमा उठेको हुँ।”

 उहाँजस्ता देशभक्त वुद्धिजीवीले एवम् राजनीतिक दलका राम्रा व्यक्तिहरूले चुनाव जीतेमा देशले मुहारफेर्ने आम नागरिक बताउँछन् ।


93 Views

Comments