खेलक्षेत्रमा अवल दावा गुरुङ्ग बने समानुपातिकतर्फका उम्मेदवार

Bhugolpark

१० बैशाख, २०८१,०९:५१

दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उहाँलाई नचिन्ने विरलै होलान्।

आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कनुनपरेका दावा, दु: भनु वा विडम्वना उहाँ राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको खेल जीवन अत्यधिक सफल त्यतिखेर बनाईदियो जतिबेला नेपालमा आठौं साफ गेम सम्पन्न भयो । जुनबेला दक्षिण एशियामा नेपालले कुल ३१ स्वर्णसहित दोश्रो स्थान हाशिल गर्न सफल भयो । जसको नेतृत्व(सेफ दि मिशन)को रुपमा उनै दावा गुरुङ्गले गरेका थिए । खेलकुद क्षेत्रमा कुनै राजनीतिआस्थाका आधारमा काम नगर्ने राम्रो बानीका कारण आजका दिनसम्म पनि सबै भिन्न राजनीतिआस्था बोकेका खेलकर्मीहरूले पनि उहाँलाईं मनपराउँछन्। खेलक्षेत्रमा उनि अव्वल ,सवल,सक्षम र सफल भईसकेका छन ।

अब उनको योजना राजनितिमा पनि स्थापित हुदै युवा खेलकुदको सफल नेतृत्व गर्नुरहेको छ। हुन त उनको राजनीतियात्राले पनि करिव साढे तीन दशक पार गरिसकेको छ तर उनको नझुक्ने स्वभावका कारण आजका दिनसम्म पनि राज्यको नेतृत्दायी भूमिकामा कहिल्यै आउन सकेनन्। मुलुकमा बहुदलिय व्यवस्था आउँनुअघि र पछि उनलाई पटक-पटक राजनीति पार्टीले प्रयोग गरे तर उनलाई सुहाउँदो पदमा कहिल्यै पार्टीले अवसर दिएन्, करातेका हस्ती दावा गुरुङ्लाईं । उहाँ   कहिल्यैपनि लाभको पदका निम्ति आफूले दावा नगरेको बताउँछन्। यतिका लामो समयसम्म राजनीतिमा पालो कुरिरहेका उनि यसपटक पनि आफ्ना पार्टीले नसमेटिएका कारण उहाँ यसपटक फरक राजनीतिकधार सहित आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको रुपमा प्रस्तुत हुदैछन्।

उहाँको नयाँ राजनीति पार्टीको नाम हो नागरिक उन्मुक्ती पार्टी,जसको संस्थापक नेतृत्व टिकापुर काण्डका चर्चित युवा व्यक्तीत्व रेशम चौधरी हुनुहुन्छ। उहाँको जीत समग्र नेपाली युवा खेलकुदको जीत भन्ने बुझाई छ, आम खेलकर्मीमा। अहिले उहाँ आफ्नो प्रचार-प्रसारमा मेची-महाकाली अभियानमा लागिपरेका छन् र सबै खेलकर्मीलाई अपिल गरिरहेका छन् कि भोट हालौ ढक्कीमा,खेलकुद हुनेछ लक्कीमा खेलकुदकर्मीबताउँछन् उहाँसँगको करिव साँढे तीन दशकको बुझाईमा कुनै पार्टी विशेष भन्दापनि उहाँ खेलकुदमा अति नै आवश्यक र अपरिहार्य रहेको खेलकुद प्रेर्मी नेता हो। उहाँ जति खेलकुदको योग्य र क्षमतावान व्यक्ती राज्यको कानुन निर्माण गर्ने स्थानमा पुग्नु भनेको  खेलकर्मीका निम्ति गौरवको विषय बन्ने कुरामा खेलप्रेमी आसावादी छन्। त्यसैले आम मतदाताहरूले समेत राजनीतिआस्थाका आधारमाभन्दा पनि दिग्गज खेलहस्तीका आधारमा कराते सिनियर गुरू नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गलाई जीताउँने खेलकुद कर्मीको विश्वास छ ।


143 Views

Comments