एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा चन्द्रागिरि–१५ ढुङ्गेअड्ढामा नमूना सार्वजनिक शौचालय उद्घाटन

Bhugolpark

२८ श्रावण, २०८२,१५:२५

मिति २०८२ श्रावण २८

चन्द्रागिरि नगरपालिका वडा नं.१५ ढुङ्गेअड्ढामा नमूना सार्वजनिक शौचालय उद्घाटन ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ स्थित ढुङ्गेअड्ढामा च.न.पा. वडा नं १५ र एरोसान सस्टेनेवल स्यानिटेशनका सहकार्यमा वातावरणमैत्री, महिलामैत्री अत्याधुनिक सार्वजनिक शौचालयको आज मिति २०८२ श्रावण २८ बुधबारका दिन च न पा का मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ तथा एरोसान सस्टेनेवल स्यानिटेशनका सल्लाहकार सोनी श्रेष्ठद्वारा समुद्घाटन कार्यक्रम सम्पन्न गरियो ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा निर्माण गरिएको अत्याधुनिक सार्वजनिक शौचालय प्रविधियुक्त, महिलामैत्री, अपाङ्गमैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री छ भने शौचालयमा स्नान गृहका साथ महिलाहरुका लागि ३ वटा शौच गर्ने, पुरुषका लागि ४ वटा पिसाव र २ वटा शौच, अपाङ्गहरुका लागि १ वटा शौच कक्ष रहको छ । यस शौचालयमा रोग संक्रमण न्यूनिकरणका लागि स्वचालित उपकरणहरु जस्तै स्वचालित फ्लस, स्वचालित बत्तिहरु, स्वचालित सावुनको मेसिन, स्वचालित धाराहरुको प्रयोग गरिनुका साथै महिलाहरुको लागि स्यानिटरी प्याड किन्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्नुहँुदै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरको सार्वजनिक बिकास कार्यमा नगर व्यवस्थित तबरले लागि रहेको र सार्वजनिक शौचालयको आवाश्यक्तालाई मनन गरि नगरले योजना बनाई अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले च.न.पा. वडा नं १५ स्थीत नवनिर्मित अत्याधुनिक सार्वजनिक शौचालय नमूनाको रुपमा रहेको र आगामि दिनमा २ नयाँ स्थान बलम्बु यातायात कार्यालय र नागढुंगामा उचित स्थान पहिचान गरी एरोसान सस्टेनेवल स्यानिटेशनकै सहकार्यमा थप अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको बताए ।

कार्यक्रममा बोल्नुहँुदै चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिका भित्र पहिलो यस्तो नमूना अत्याधुनिक सार्वजनिक शौचालयल जहाँ महिलाहरुलाई प्राथमीकतामा राखि निर्माण गरिएको देख्दा आफुलाई खुसी लागेको र वातावारणलाई ध्यानमा राखी उत्सर्जित फोहरको वायोग्याँस मार्फत श्रोतमै व्यवस्थापन गरेर ढल मार्फत नदी नालामा जाने फोहोरलाई केही मात्रामा भए पनि नियन्त्रण गर्न भुमिका खेलेकोमा एरोसान नेपाललाई धन्यवाद दिनुहँदै यस्ता शौचालयहरु अन्यत्र पनि निर्माण गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा १५ वडाका वडा अध्यक्ष लुइँटेलले वडाको विकास र सम्वृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा ढुङ्गेअड्ढा बस बिश्राम स्थलमा सर्वसाधारणको चाँप रहने हुँदा शौचालयको सुविधा दिनु पर्ने स्थानीय सरकारको दायित्व र सर्वसाधारणको हक रहेकोले एरोशानसँगको सहकार्यमा ढुङ्गेअड्ढा बस बिश्राम स्थलमा अत्याधुनिक शौचालय निर्माण गर्न सफल भएको बताए । उहाँले पहिले स्थानीयहरुले फोहोर फाल्ने स्थानको रुपमा प्रयोग भईरहेको स्थानलाई सदुपयोग गरी सो स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी उचित व्यवस्थापन गरिएको जानकारी दिएका थिए भने शौचालयले ओगटेको क्षेत्र बाहेकको स्थानमा हरियाली पार्क बनाउने र निर्माण सम्पन्न शौचालयको तल्लो स्थानमा प्रहरी बस्न मिल्ने प्रहरी विट बनाउने योजना समेत रहेको जानकारी दिनु भयो ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सँगको सहकार्यमा स्नान गृह सहितको ९ वटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्दै आईरहेको एरोसान नेपालले चन्द्रागिरी नगरपालिका भित्र चन्द्रागिरी नगरपालिकासँगको सहकार्यमा पहिलो अत्याधुनिक सार्वजनिक शौचालय ५२८ वर्ग फिट क्षेत्रफलमा निर्माण गरि आज बाट सञ्चालनमा ल्याउन लागेको जानकारी दिनु हुँदै यस सार्वजनिक शौचालयलाई वातावरण मैत्री बनाउन शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई श्रोतमै व्यवस्थापन गर्न शौचालयमा ८ घन मिटरको वायोग्याँस प्लाण्ट र ५०० वर्ग फिट क्षेत्रफलबाट संकलन गरी, आकाशेपानी व्यवस्थापनका लागि जमिन पूनःभरण गरिएको जानकारी एरोसान सस्टेनेवल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले दिनुभयो ।

थप जानकारीका लागि

अर्चना श्रेष्ठ

कार्यक्रम अधिकृत

९८६०२१३७३६

archana.aerosan@gmail.com


52 Views

Comments