गैंडाकोटस्थित बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

Bhugolpark

१४ श्रावण, २०८२,१२:३७

१४ साउन, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।


काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

गैंडाकोटको 'बगैंचा रिसोर्ट'मा आगलागी, करोडौंको क्षति – Makalukhabar.com

‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । विदेशबाट फर्किएर आएका धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो । टायल वा मार्बलको प्रयोग नगरी निर्माण गरिएको रिसोर्टमा काठैकाठका भिल्लाहरु छन् । रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु छन् ।


100 Views

Comments