कम्बोडिया र थाइल्याण्डले युद्धविराममा सहमति जनाए

Bhugolpark

११ श्रावण, २०८२,१०:२९

 ११ साउन, काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।


यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए।

तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष, मलेसियाद्वारा युद्धविराम  प्रस्ताव – Online Khabar

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।


55 Views

Comments