क्लीन स्वीप! सिताराम कटेल 'मिलन' र उनको टीम बिना प्रतिद्वन्द्वी NRNA रुसको नेतृत्वमा

Bhugolpark

९ श्रावण, २०८२,२२:३५

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) रूसको १२औँ राष्ट्रिय अधिवेशनअन्तर्गत श्री सिताराम कटेल 'मिलन' NRNA रुसको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अन्य कुनै उम्मेदवारले निवेदन नदिएकाले उनी स्वतः निर्वाचित भएका हुन्। सोही अनुसार नयाँ कार्यसमिति पनि सम्पूर्णतः निर्विरोध चयन भएको छ। नयाँ कार्यसमिति आगामी जुलाई २७, २०२५ मा मास्कोस्थित नेपाली राजदूतावासको सभाहलमा औपचारिक शपथग्रहण गर्नेछ। 

निर्वाचित कार्यसमिति (२०२५–२०२७)

कार्यकारिणी सदस्यहरू:

• अध्यक्ष: सिताराम कटेल ‘मिलन’

• उपाध्यक्ष: सङ्ग्यान कार्की

• उपाध्यक्ष: अमित कुमार कर्ण

• उपाध्यक्ष: डा. प्रनिल प्रधान

• महासचिव: प्रविन कुमार खतिवडा

• सचिव: खगेन्द्र धामी

• सचिव: दयानिधि गुरागाईं

• कोषाध्यक्ष: राम बाबु पाण्डे

• सह–कोषाध्यक्ष: यम बहादुर थापा

• युवा संयोजक: गिभ्सन ढकाल

• महिला संयोजक: हेमकुमारी पोखरेल 'कला'

कार्यकारी सदस्यहरू

• मुक्तिराम न्यौपाने

• नारायण भुसाल

• बिनय रिजाल

• सुजन रायमाझी

• गौरव पौडेल

यसै गरि ICC सदस्यमा डा. मना मूर्ति भुर्तेल निर्विरोध निर्वाचित भएका छन्।

"एनआरएनएमा युवाको नेतृत्व आजको आवश्यकता हो", उम्मेदवारी दर्तापछि बोल्दै कटेलले भने, "युवा पुस्ताले नेतृत्व सम्हाल्ने समय आएको छ। पुराना र नयाँ पुस्ताबीचको अन्तर हटाउँदै, अब हामी सक्षम युवा नेतृत्वको युगमा प्रवेश गर्दैछौँ।"

कटेल को हुन् त?

व्यक्तित्व र शैक्षिक पृष्ठभूमि

३२ बर्षका कटेल खोटाङ जिल्लामा जन्मिएर आफ्नो प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै सम्पन्न गरेका हुन्। उच्चशिक्षाका लागि उनी सन् २०१२ मा RUDN University मा प्रवेश गरेका थिए। उनले सन् २०१७ मा कानुन विषयमा स्नातक, तथा सन् २०१९ मा अन्तर्राष्ट्रिय कानुन (International Law) मा स्नातकोत्तर उपाधि प्राप्त गरेका कटेल शैक्षिक अवधिमा पनि उनी नेतृत्वमा सक्रिय रहे। सन् २०१६ र २०१७ मा उनले RUDN University स्थित नेपाली विद्यार्थी संघको अध्यक्ष पद सम्हालेका थिए साथै कटेल हाल रूससहित विभिन्न देशमा व्यवसायिक गतिविधिमा संलग्न छन्। NRNA Russia अन्तर्गत उनले दुई कार्यकालसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् 

Youth Coordinator भएर दुइ कार्यकाल २०१९–२०२१ र २०२१-२०२३ साथै महासचिव (General Secretary) भएर (२०२३–२०२५) कार्यकाल सफल रुपमा सम्हालेका थिए, उनी समुदायभित्र उत्साही, उत्तरदायी र समावेशी नेतृत्वको पहिचान बनाइसकेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनलाई व्यापक समर्थन र सुझाव प्राप्त भइरहेको छ । जोशिला प्रखर युवा मिलन कटेलले महत्वकांक्षीपूर्ण घोषणापत्र पनि सार्वजनिक गरेका छन्। 

उनको घोषणापत्रमा समावेश प्रमुख कार्यक्रम र योजना यसप्रकार छन्:

“एनआरएनएमा युवाको नेतृत्व — आजको आवश्यकता”

1.⁠ ⁠आपतकालीन स्वास्थ्य कोष स्थापना

2.⁠ ⁠अनलाइन प्लेटफर्मको सुदृढीकरण — सम्पूर्ण नेपालीलाई एउटै सञ्जालमा समाबेस।  

3.⁠ ⁠कानुनी परामर्शसहितको विशेष हेल्पलाइन सेवा

4.⁠ ⁠व्यापारिक सम्भावनाको प्रवर्द्धन — रूसी साझेदारसँग सहकार्य।  

5.⁠ ⁠भाषा ल, संस्कृति, पर्यटन तथा उत्पादन प्रवर्द्धन — सम्मेलन र प्रदर्शनीमार्फत।  

6.⁠ ⁠रूसभर नेपाली भेटघाट कार्यक्रम — विभिन्न सहरहरूमा सहभागिता।  

7.⁠ ⁠नेपाल–रूस सम्बन्ध सुदृढीकरण — राजदूतावाससँग समन्वय।  

8.⁠ ⁠मानव तस्करी न्यूनीकरण पहल — सूचना तथा सम्पर्क केन्द्रको स्थापना।  

9.⁠ ⁠विद्यार्थी सहभागिता तथा छात्रवृत्तिमा सहजीकरण।  

10.⁠ ⁠श्रम स्वीकृति र सामाजिक सुरक्षाकोष बारे जानकारी।

11.⁠ ⁠विशेष सैन्य अपरेसनमा रहेका नेपालीहरूलाई सहयोग तथा पुनःस्थापना।  

12.⁠ ⁠नवउद्यमीहरूलाई NRNA मा आवद्ध गर्ने योजना।  

13.⁠ ⁠महिला सहभागिता अभिवृद्धि कार्यक्रम।  

14.⁠ ⁠एनआरएनए रूस स्मारिका प्रकाशनको योजना।

रूसमा एनआरएनए नेतृत्वको चयन सधैं योग्यताका आधारमा हुने परम्परा रहिआएको छ। यहाँ लिइने निर्णयहरू सबै सदस्यद्वारा सहज रूपमा स्वीकार गरिन्छन्, जसले रूसस्थित नेपाली डायस्पोराको बौद्धिकता र परिपक्वता उजागर गर्छ। केन्द्रमा NRNA बीच विवाद भएतापनि रुसको एनआरएनए भने एक ढिक्का छ, कटेल युवा उर्जाशील रहेका कारण रुसका सिनिअर व्यक्तित्वहरुबाट पनि NRNA मा युवाको आवश्यकता भन्ने स्वीकार गरियो छ ।

यद्यपि, अध्यक्ष मिलन कटेल र उनको युवा नेतृत्वको नयाँ टिमले अब समयको कठिन परीक्षा सामना गर्नुपर्नेछ। उनीहरूले प्रस्तुत गरेका नविन विचार र युवा ऊर्जा व्यवहारमा रूपान्तरण गर्न सक्ने हो भने, रूसस्थित नेपाली समुदायको विकासमा मात्र नभई नेपालकै समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउन सक्नेछन्। उनको नेतृत्वमा समावेशी, पारदर्शी र नतिजामूलक कार्यशैली ल्याउने प्रतिबद्धता जनाएका छन् साथै माथिको घोषणापत्र अनुसार काम भएमा त्यो सम्भावना टाढा छैन।


33 Views

Comments