नेपाललाई समृद्ध र बलियो बनाउः  अध्यक्ष ओली

Bhugolpark

१९ कार्तिक, २०७९,११:०६

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताउनुभएको हो । नेपाललाई बलियो योजना प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको , एमाले अध्यक्ष ओलीले भन्नुभयो, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो । देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उहाँले थप्नुभयो, “आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ । अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनःजागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “ भूकम्प, बाढीपहिरो, कोभिड–१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहान्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् । पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गर्नुभयो । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गर्नुभयो । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आज काठमाडौँमा सुरु भएको हो । दुईदिनसम्म चल्ने अधिवेशनको ‘सवल प्रवासी ः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको हुनुहुन्छ ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय हुनेछ । प्रवासी नेपाली मञ्चको इञ्चार्जका रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र उहाँहरुको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।-


281 Views

Comments