नेवार समुदायले गथां मुघः (घण्टाकर्ण चतुर्दशी) पर्व मनाउँदै घण्टाकर्णको पुत्ला जलाउछन्। यस परम्परामा नराम्रो शक्ति, भूतप्रेत र रोगव्याधिलाई टाढा राख्ने विश्वास गरिन्छ। मानिसको आकारको पुत्ला घाँस, पराल र बाँसबाट बनाई चोकमा राखिन्छ र साँझमा आगो लगाएर जलाइन्छ। गथां मुघः हरेक वर्ष साउन कृष्ण चतुर्दशी (साउन महिनाको कृष्णपक्षको चतुर्दशी) का दिन मनाइन्छ। यस दिन नेवार समुदायले गाउँ–सहरबाट नकारात्मकता हटाउने सांकेतिक कार्य गर्दछन्।
आजको दिनमा नै नेवा: समुदायले आफ्नो मुख्य ढोकामा भूतप्रेतलाई टाढा राख्न किल्ला ठोक्ने परम्परा छ । यस्ता परम्पराहरूले हाम्रो सांस्कृतिक अस्तित्व र इतिहासलाई जोगाएर राखेका छन्।
Comments