कम्युनिष्ट आन्दोलनको भविष्य उज्ज्वल छ, त्यसैले निराश हुन आवश्यक छैन : माधव नेपाल

Bhugolpark

७ श्रावण, २०८२,११:१५

७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।


बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन ।

चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने उनको विश्वास छ ।

कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुर्‍याउन लागेका छौं : माधव नेपाल – Online  Khabar

अध्यक्ष नेपालले आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न पनि सुझाए । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उनले बताए ।


79 Views

Comments