भेरीको भेलमा टिपर बग्यो, रुकुममा ३ जनाको खोजी जारी

Bhugolpark

७ श्रावण, २०८२,१०:४२

७ साउन, काँक्रेविहार (सुर्खेत) :

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति टिपर भेरी नदीमा खसेको हो ।


जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता – Online Khabar

सइ चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।


80 Views

Comments