नेपालमा राइट सेयरिङ कम्पनीको लुट

Bhugolpark

३० असार, २०८२,१४:२४

नेपालमा राइट सेयरिङ कम्पनी लुट भन्दा दैनिक दैनिक अर्बौँ बाहिरीरहँदा सरकार नथाहा पाए जस्तो गरेर टुलु टुलु हेरेर बसिरहेको छ। २०१७-१८ ताका राइट सेयरिङ कम्पनी टुटलले काठमाडौँमा राइट सेयरिङ काम गर्न थाल्यो। विभिन्न प्राविधिक कठिनाइ र स्पष्ट कानुनको अभावमा राम्रो काम गर्न नसकेर कम्पनी बन्द हुने अवस्थामा पुग्यो लगत्तै बङ्गलादेशी कम्पनी पठाउले नेपालमा सम्भावना देख्यो।


नेपालको बजारमा प्रवेश गर्यो। सात वर्षदेखि नेपाली जनताको पैसा लुटेर विदेश लैजाने गरिरहेको छ। कम्पनीले दिएको विवरण अनुसार दैनिक ६० हजार भन्दा बढीपटक राइट सेयरिङ हुने १ लाख५० हजार भन्दा बढी राइडरहरु आबद्ध रहेका छन् र यसलाई एभरेजिङ गर्ने हो भने ६० हजार राइट सेयरिङ पर राइट सेयरिङ ३०० मात्रै मान्दा पनि दैनिक एक करोड ८० लाख बराबरको कारोबार हुन्छ। र यो मध्येबाट १०% ट्याक्सी र २०% बाइक राइडरहरू मार्फत कमिसन लिने गर्दछ यो अमाउन्टलाई एभरेज गर्दा १५% मात्रै मान्ने हो भने पनि २७ लाख माथिको दैनिक कमिसन सिस्टम चलाएकै भरमा लिइरहेको छ न त सम्पूर्ण रकम करको दायरामै आएको छ।


पठाउले व्यावसायिक चुनौती आइसके पछाडि पठाउ पार्सल पठाउ फुट कुरियर बि 2 िब डेलिभरी पठाउ मार्केट जस्ता अन्य सेवाहरूबाट पनि लोकल कम्पनीहरूलाई रिङ आउट गर्दै आफ्नो प्रभुत्व जमाइरहेको छ। सानो लगानी गरेर नेपालमै केही गर्छु भन्ने व्यवसायीहरूलाई भित्तामै पुर्याउने गरी रचेको मार्केटिङ फण्डा अनि मोनोपोलीलाई कसैले देखेको छैन व्यवसायलाई धराशय बनाएको छ। तिनको कसैलाई चिन्ता नै छैन। नीतिगत रुपमा नै निर्णय गर्नेहरूलाई पनि ठूलो आर्थिक चलखेल र प्रलोभनमा पारी जनताको सेवाको आडमा ढाडस पाएका राइट सेयरिङ कम्पनीहरूको रजाइनिङ चलेको छ।


पठाउ मात्रै होइन अर्को राइट सेयरिङ कम्पनी इन ड्राइभको कुरा गरौं। २०२२ मा आएको यो कम्पनीको पनि त्यस्तै फण्डा रहेको छ। रुसबाट बाहिरिएको कम्पनी अहिले क्यालिफोर्निया युएसएबाट सञ्चालित छ। २०२२ मा नेपाल प्रवेश गर्यो र दुई वर्षसम्म जायन्ट मार्केटिङ प्लानमा नेपाल प्रवेश गरेको कम्पनीले दुई वर्ष राइडरहरूसँग कमिसन नै नलि पैसा घटाउन मिल्ने भन्दै मार्केटिङ गर्यो। त्यसपछि यसको पनि ताल त्यही। २०२४ बाट असुली धन्दा सुरु गर्यो १० प्रतिशत कमिसन यही बीचमा दुईटा साँडेको जुदाई हेर्न सकिन्थ्यो। लाग्ने जति ठाउँबाट न्युज मिडिया कभरेज इन्राइभ बहिष्कार जस्ता नारा उठाएर पठाउले हटाउन र घोडा टेकाउन हरदम प्रयास गर्यो। तर यो प्रयासलाई मात खुवाउँदै २०२४ मा कम्पनी नै दर्ता गरी नेपालमा आधिकारिक रुपमा indriveले राइट सेयरिङ सुरु गर्यो नेपालमा यसरी विदेशी कम्पनीहरूको आउने प्रक्रिया रोकिएको छैन अरु पनि आइरहेका छन् त्यसको प्रभाव नेपालमै केही गर्छु भन्ने र सुरु गरेका व्यवसायीहरूमा प्रत्यक्ष देखिएको छ।


इन्द्राइभको कुरा गर्दा registration आफैं गर्न सकिने र पठाउमा नहुँदा बजेट घटाउनको लागि अप्सनका रूपमा चिनिएको इनड्राइभले पनि दैनिक हाराहारी ६० हजार बढी राइट सेयरिङ गर्दछ। यसलाई पनि १० प्रतिशत कमिसन र प्रत्येक राइट ३००को दरले मान्ने हो भने १ करोड ८० लाख बराबरको कारोबार र 18 लाख भन्दा बढी दैनिक मोटो धनराशि देशबाहिर बाहिरिरहेको छ। सिस्टम चलाएकै भरमा कुनै नीति नभएको लुपोलमा टेकेर यी कम्पनीहरूको रजाई चलिरहेको छ। नेपालमा नेपालीले सुरु गरेका कम्पनीहरू टुटल सहारा ट्याक्सीमान्डु लुजुम जुम जुम सजिलो राइट सेयरिङ जस्ता कम्पनीहरूको धन्दा बन्द जस्तै छ। त्यस्तै अहिले भर्खरै मार्केटमा देखिन थालेको अर्को कम्पनी छ।


yango यसको पनि धन्दा इनड्राइभको भन्दा फरक छैन। सोसल मिडियामा जहाँ तहीँ मार्केटिङ गरेको एङ्गोले काठमाडौँमा कुद्ने प्रत्येक जसो सबै ट्याक्सीहरुमा मार्केटिङ गरेको छ ट्याक्सीहरूमा गरिने मार्केटिङलाई करको दायरामा ल्याउने स्टिकरहरू टाँस्न नपाइने भन्ने नियमको धज्जी नै उडाएको छ। यसको पनि प्रधान कार्यालय दुबईमा रहेको छ। यो कम्पनी रुसबाटै बाहिरिएको एउटा कम्पनी हो। विदेशी कम्पनीको चङ्गोलमा परेका हामी नेपाली आफ्नै दाजुभाईसँग रहेका छन् भने कहिले बन्द हड्ताल गर्दछन् तर यसको सुनवाई काहीँबाट हुँदैन न त नियमन नै हुन्छ। कुनै ठूलो विपत नै आइपर्न लाग्यो धन्दा बन्द हुने भयो भन्ने लाग्यो भने यी अर्बौं लुटिरहेका कम्पनीहरुले मोटो रकम खुवाएर आफ्नो फेयरमा कानुन नबनाउलान् भन्न सकिँदैन।


विगतमा पठाउले गरेका यस्तै एक दुईवटा क्रियाकलापहरूले गर्दा सलाई अझै बल पुर्‍याएको छ। राइडरहरूले मोबाइल होल्डर राख्न नपाउने भन्ने विषयवस्तु निकालेर अफलाइन राइडलाई निषेध पार्नको लागि पठाउले नीतिगत रुपमै प्रभाव पारेर ट्राफिक प्रहरीहरूले राइडरहरूलाई मोबाइल होल्डर राखे चिट काट्ने गरे भने अफलाइन राइट गरेको मान्छे हरायो लुटियो जस्ता न्युजहरू बनाएर भ्रमित बनाउने मेनस्ट्रिम मिडियाहरूलाई पकडमा राख्ने जस्ता काम गर्दै आएको छ। रातो नम्बर प्लेटमा यात्रु बोक्न नमिल्ने कानुनको कार्यान्वयनमा कुरा उठाउन नसक्ने ट्राफिक प्रहरी राइट सेयरिङ कम्पनीले बनाएको सिस्टममा अनलाइन कि अफलाइन बोकेर हिँडेको छस् भन्ने कुराहरूको समेत चेकजाँच गरी विदेशी कम्पनीहरूलाई पोस्न तत्पर छन्। देशको पैसा अरबौं बाहिरीरहेको छ। स्पष्ट कानुन छैन। नेपाली व्यवसायीहरू पलाइन हुने अवस्थामा छन्। यसको नीतिगत रूपमै समाधान गरेर विदेशी कम्पनीहरूलाई करको दायरामा ल्याउनुपर्दछ वा प्रतिबन्ध नै लगाउनुपर्छ जसले गर्दा नेपालको पैसा नेपालमै रहोस् । भन्ने हाम्रो सुझाव हो।


122 Views

Comments