सुनचाँदीमा विलासिता कर र हिरामा भ्याट लगाउँदा भारतबाट तस्करी बढ्ने भन्दै सुनचाँदी व्यवसायी आन्दोलित

Bhugolpark

२३ असार, २०८२,१५:५८

सरकारले सुन चाँदीमा विलासिता कर र हिरामा भ्याट लगाउँदा भारतबाट तस्करी भएर सुन भित्रिने जोखिम बढेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

सुन चाँदीमा विलासिता कर र हिरामा भ्याटको बिरोधमा सुन चाँदी कारोबारीले विहीवारदेखि अनिश्चितकालका लागि पसल बन्द गरेर कारोबार ठप्प गरेका छन् ।

नेपालभन्दा भारतमा सुनको भन्सार महसुल ४ प्रतिशत कम हुँदा अहिले भारतमा सुन प्रतितोला ४ हजार रुपैयाँ सस्तोमा पाइन्छ । यस्तो अवस्थामा थप दुई प्रतिशत विलासिता करले भारतबाट सुनको तस्करी झन् बढने उनीहरुको दाबी छ ।

भारतमा सुन आयात गर्दा ६ प्रतिशत र नेपालमा १० प्रतिशत भन्सार महसुल छ ।

चालु आर्थिक वर्षको आर्थिक विधेयकले सुन आयातमा २० प्रतिशत भन्सार महसुल कायम गरेपछि भारतबाट तस्करी बढेको भन्दै सरकारले १० प्रतिशतमा झारेको थियो ।

‘यस्तो अवस्थामा सुनमा थप दुई प्रतिशत पटके विलासिता कर लगाएपछि तस्करी बढने र स्थानीय कारोबार ठप्प हुने स्थिति आएपछि आन्दोलनमा उत्रिएका नेपाल सुनचाँदी व्यवसायी महासंघ किरणभाई बज्राचार्य बताउँछन्। उनले , ‘थप करले मूल्यबृद्धि हुन्छ र त्यसले खुला सीमानाबाट सुनका गहनाको अवैध कारोबार बढ्छ । यसले व्यवसायी, सम्बद्ध कालीगढ र मजदुर प्रभावित हुने गुनासो गरेका छन्।

संघले सबै प्रकारका सुन र त्यसबाट निर्माण हुने गहनामा लागू भएको विलासिता कर खारेज गरिनु पर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गर्ने भनिएको मूल्य अभिवृद्धि कर खारेज गरिनु पर्ने, सुन चाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न ऐन, नियम र नीति निर्माण गरिनु पर्ने, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, मजदुर तथा बजारमा पर्ने दूरगामी प्रभावका बारेमा विस्तृत अध्ययन गरिनु पर्ने, भारत सरह नेपालमा पनि सुनको आयातमा ६ प्रतिशत भन्सार महसुल तोकिनु पर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त शुद्धता परीक्षण तथा हलमार्कीङ गर्ने व्यवस्था गरिनु पर्ने, सय र दुई सय ग्राम परिमाणका सुनका सिक्का खुला रुपमा पान नं र कर चुक्ता प्रमाणका आधारमा गहना उत्पादक कालीगढ तथा व्यसायीले सहज रुपमा खरिद गर्न पाउने व्यवस्था गरिनु पर्ने माग  छ।

‘विश्व बजारमा सुनको मूल्य वृद्धि भएर सामान्य उपभोक्ताको पहुँच भन्दा बाहिर पुगिसेको अवस्था महासंघका उपाध्यक्ष बुद्धि बहादुर विक ले बताएका छ्न। उनले, ‘यस्तो स्थितिमा सरकारले सीमित व्यवसायीलाई लक्षित गरेर सुनमा दुई प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउनुले तस्करीलाई प्रोत्साहित गरेको बताएका छन्। 

सरकारले चालु वर्षको बजेट सार्वजनिक गर्दा सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार १० रुपैयाँ थियो । गत जेठ १५ मा आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दा सुन प्रतितोला १ लाख ८७ हजार ८ सय थियो । शुक्रबार प्रति तोला १ लाख ९७ हजार पुगेको छ । एक सुन व्यापारीले भने, ‘यसरी दिनहु मूल्य वृद्धि भइरहेको सुनमा थप दुई प्रतिशत विलासिता कर लादेर सर्वसाधारणलाई सुनको पहुँच भन्दा बाहिर राखेर तस्करलाई समर्थन गर्ने सरकारको प्रष्ट नीति देखियो ।’


8 Views

Comments