काठमाडौँ–हेटौंडा सडकखण्डको अवस्थाः कतै पिच, कतै बिग्रिएको, मर्मत र निर्माण जारी

Bhugolpark

१२ असार, २०८२,१२:१०

संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा पुग्ने सडक अहिले कतै बिजोग अवस्थामा छ त कतै पिच भएको छ। फर्पिङ-हुमाने खण्डमा ठाउँ ठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ। हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ। फाखेलदेखि तल पिचको तयारी भइरहेको छ। महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ। त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ।


334 Views

Comments