सिंहदरबारमा मोटरसाइकलले ठक्कर दिएकी परराष्ट्रकी अधिकृत सुब्बा

Bhugolpark

७ बैशाख, २०८१,०८:१३

परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो।

२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्। सो महाशाखाकी प्रमुख प्रवक्ता लम्साल हुन्।

उहाँ एकदमै होनाहार अधिकृत हुनुहुन्थ्यो,’ लम्सालले भनिन्,‘दुर्घटनामा उहाँलाई गुमायौं।’

सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्।

सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।

159 Views

Comments