गैरआवासीय नेपाली संघ (NRNA) रुसले हरेक वर्ष मनाउने "NRNA Russia Day" यो वर्ष १५ जून २०२५ मा आयोजित गरेको थियो । कार्यक्रम मस्कोदेखि करिब १०० किलोमिटर टाढा रहेको इस्त्रा पिकनिक स्थलमा सम्पन्न भयो। इतिहासको बारेमा पृष्ठमा हेर्दा, इस्त्रा त्यस्तो स्थान हो जहाँ NRNA को औपचारिक स्थापना हुनु अघि नै अग्रजहरूले NRN अवधारणाको गहिरो छलफल र मन्थन गरेका थिए। त्यसबेलादेखि नै इस्त्रामा नेपाली समुदायबीच पिकनिकको परम्परा सुरु भएको थियो ।
गत वर्षहरू झैं, यसपटक पनि सहभागीहरूको संख्या अनुमान गर्नका लागि Google Form प्रयोग गरिएको थियो। फारम भर्ने मध्ये करिब ९७% सहभागी कार्यक्रममै उपस्थित भएको व्यवस्थापन समितिले जनाएकोछ ।
कार्यक्रममा विशेष रुसका लागि नेपाली राजदूत महामहिम प्रा.डा. जंगब चौहान उपस्थिति रहेको थियो। साथै तृतीय सचिव कसम पोखरेल, NRNA का केन्द्रीय अध्यक्ष डा. बद्री केसी,नेपाल सरकारको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा भ्रमण टोली ,NRNA Russia का पदाधिकारीगण र नेपाली समुदायका सदस्यहरू उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली परिकारहरूको स्वाद रमाइला खेलकुद प्रतियोगिताहरू: फुटबल, भलिबल, डोरी तान्ने, चम्चा दौड, म्युजिकल चेयर जस्ता खेलहरू राखेर रमाइलो गरियो।
-विजेताहरूलाई ट्रफी, पदक, नगद पुरस्कार र आकर्षक गिफ्ट ह्याम्पर हस्तान्तरण समेत कार्यक्रममा गरिएको थियो।
साथै SMART NRNA App मार्फत सदस्यता नविकरण तथा स्वयंसेवक परिचालन गरी कार्यक्रम सफल बनाउनका लागि सहभागिहरूलाई यातायात (बस) तथा स्थल प्रवेशको व्यवस्था NRNA Russia ले स्वयं गरेको थियो। अन्त्यमा, NRN Day एवं बनभोज कार्यक्रम सफल बनाउनको लागी आर्थिक सहयोग गर्ने व्यक्तिहरु, बिभिन्न व्यवस्थापनमा खटिनुभएका आयोजक साथै स्वयंसेवकहरुप्रति व्यवस्थापन समितिले कृतज्ञता व्यक्त गरेको छ।
रुसमा बस्ने नेपालीहरू यस संगठनमा आबद्ध हुन चाहनेले तलको लिंकमा क्लिक गरी हाम्रो समूहमा सहभागी हुन सक्नुहुन्छ:
👉 https://chat.whatsapp.com/LxcOImO6GCW9jd6Myt2Wzj
Comments