"Miss Information" ले हानि गर्छ, मलाई कसैले बोलाएको छैन: विशाल भण्डारी

Bhugolpark

३० जेष्ठ, २०८२,१३:१६

काठमाडौं, ३० जेठ- कमेडी शो'मा प्रधानमन्त्रीको व्यङ्ग्य गर्नाले विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइयो भन्ने समाचारहरूको खण्डन गर्दै भण्डारी भन्छन् - "“बाघ कराउनु र बाख्रा हराउनु”

म आज होइन हिजो सिंहदरवार गएको हो ।

त्यो पनि एक जना मित्र संगको नितान्त व्यक्तिगत भेटघाटको लागि । मलाई आधिकारिक भेटघाटको लागि बोलाइएकै होइन । गएको Episode र एउटा Insta Story लाई जोडेर अनुमानकै भरमा यसरि अतिरञ्जित बनाउनु कदापी सहि होइन । मलाई सोधेर सत्य पनि लेख्नुहुने र लेख्नै नहुनेमा आभार ।

बिक्छ भन्दैमा गफगाफ नबेचौं । Miss Information ले समाजलाई सहि दिशा कदापि दिँदैन । गसिप र गफगाफ समाचारले कहिलेकाहीँ ठूलै हानि पनि गर्नसक्छ ।

लेख्दा सम्बन्धित व्यक्तिलाई सोधेर सत्य र तथ्य पनि लेख्ने गरौँ । राज्य ,समाज, कला, संस्कृति र सम्माननिय पदप्रति संवेदनशील र उत्तरदायी रहौँ ।


84 Views

Comments