"नागरिकता विधेयक २०८१ छिटो टुंग्याउन गृहमन्त्रीको आग्रह"

Bhugolpark

२४ जेष्ठ, २०८२,१३:२६

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने र त्यो ड्राफ्ट भइसकेको बताएका हुन्। गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ। विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि पनि गइसकेको छ। त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ,' उनले भने।’ उनले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह पनि गरे। विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरुको समस्या समाधान उनले बताए। रमेश लेखकले जिल्लाबाटै नेपाली आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने पनि बताए।


206 Views

Comments