रास्वपा सांसद ढकाल भन्छन्: भिजिट भिसामा व्यापक पैसा लिएको प्रमाण

Bhugolpark

२१ जेष्ठ, २०८२,१५:४३

काठमाडौं, जेठ २१, २०८२ —राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा रकम उठाइएको आफूलाई मात्र १२ सय भन्दा बढी प्रमाण आएको बताएका छन् । उनले सोही अनुपातमा शिशिर खनाल, सोविता गौतमलाई पनि गुनासो आएको उनको भनाई छ । 

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सो बारे जानकारी गराएका हुन् । उनले यी प्रमाणबाट यसको जरोसम्म पुग्न सकिने बताएका हुन् । 

‘भिजिट भिसा प्रकरणमा मेरोमा मात्रै १२ भन्दा बढी पैसा बुझाएका प्रमाणहरु आएका छन् । मान्य शिशिरको मा उस्तै छन्, सोविताकोमा उस्तै छन् । त्यसमा के देखिएको छ भने भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदोरहेछ । एउटा दलालाई बुझाउने रकम हुँदो रहेछ । दलालाई बुझाउने रकम पनि कुनै क्यासमा, कुनै बैंक ट्रान्जेक्सन गरिएको छ । र एयरपोर्टमा बुझाउँदा प्रयाजसो नगदमा कारोबार भएको रहेछ ।’ उनले भने । 

उनले भिजिट भिसा प्रकरणमा दलालहरुलाई बुझाएको रकमको प्रमाणहरु आफूसँग आईपुगेको बताए । उनले यस विषयमा छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने माग राखे । र यो प्रकरणमा गृहमन्त्री समेत जोडिाएकाले उनले दवाव, प्रभाव पार्न सक्ने भएकोले उनले राजीनामा दिनुपर्ने बताए । 

भिजिट प्रकरण सतहमा आएपछि रास्वपाका सांसदहरुले पीडितहरुका लागि ह्वाट्एप नम्बर र इमेल सार्वजनिक गरेर प्रमाण संकलन गरेका थिए ।


86 Views

Comments