त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट गाँजासहित दुई जना पक्राउ परेका छन्। सोमवार राति आगमन भन्सार क्षेत्रवाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूवाट १० किलो ४२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोम्सक पात्वा र भारतीय नागरिक २९ वर्षीय पिरिइरा गिफिन छन्। नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा सोम्सकवाट ७ किलो ३१० ग्राम र पिरिइराबाट ३ किलो ११० ग्राम गाँजा फेला परेको हो।
Comments