मेचीनगरमा चितुवाको आतङ्क: बाख्रा-सुँगुरको हत्या, स्थानीय त्रसित

Bhugolpark

१९ जेष्ठ, २०८२,१३:५६

हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर-२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए। लामो समयदेखि हात्ती र बाँदरको आतंक खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतंक खेप्नुपरेको उनले बताए। ‘हात्तीको नियमित आतंक, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ’, वडाध्यक्ष बराल भन्छन्, ‘प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ। अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ।’ हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ। स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए। 


247 Views

Comments