डिजिटल भुक्तानीमा भ्याट खारेज, सेवा शुल्क घट्यो

Bhugolpark

१६ जेष्ठ, २०८२,१५:५३

काठमाडौँ, जेठ १६: डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएसँगै सेवा शुल्क घटेको छ । शुक्रवारदेखि नै सेवा प्रदायकले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् । डिजिटल भुक्तानीको शुल्कमा लाग्दै आएको १३ प्रतिशत भ्याट सरकारले बजेटमार्फत हटाएसँगै सेवा शुल्क घटेको हो। यसअघिसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झरेको छ ।


87 Views

Comments