ग्वार्को फ्लाइओभरमा कालोपत्रे गर्न थालिएको छ

Bhugolpark

८ जेष्ठ, २०८२,१५:५९

ग्वार्को फ्लाइओभरमा कालोपत्रे गर्न थालिएको छ। २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभरको संरचना निर्माण केही दिनअघि मात्रै सकिएको हो। संरचना निर्माण सकिएपछि बिहीबारदेखि नै कालोपत्रे गर्न थालिएको थियो। अहिले कोटेश्वरतर्फको भागमा कालोपत्रे भइरहेको छ। सातदोबाटोतर्फको भाग पनि पानी नपरे बिहीबार राति नै कालोपत्रे गरिने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ।


358 Views

Comments