हरेक वर्ष मे १ तारिखमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस (International Workers’ Day) संसारभरिका श्रमिक वर्गको अधिकार र सम्मानका लागि समर्पित एक ऐतिहासिक दिन हो। यो दिनलाई "मे डे (May Day)" को नामले पनि चिनिन्छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुरुवात सन् १८८६ मा अमेरिका को शिकागो शहरमा भएको हे मार्केट हत्याकाण्ड सँग जोडिएको छ। त्यतिबेला श्रमिकहरूले आठ घण्टे कार्य समयको माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कैयौं श्रमिकहरूले ज्यान गुमाए। त्यस घटनाले विश्वव्यापी प्रभाव पार्यो र त्यसको सम्झनामा मे १ लाई श्रमिक दिवसका रूपमा मनाउन थालियो।
नेपालमा पनि श्रमिक दिवस विशेष महत्वका साथ मनाइन्छ। सरकारले यो दिनलाई सार्वजनिक बिदाको रूपमा मान्यता दिएको छ। विभिन्न मजदुर संघ-संस्थाहरूले ¥याली, सभा, गोष्ठी जस्ता कार्यक्रमहरू आयोजना गरेर श्रमिक हक र हितका आवाजहरू उठाउने गर्छन्। अझै पनि ठूलो संख्यामा श्रमिकहरू न्यून पारिश्रमिक, असुरक्षित कार्य स्थल र सामाजिक सुरक्षाको अभावमा काम गरिरहेका छन्, जसको समाधानका लागि यो दिवस चेतना जगाउने माध्यम बनेको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस केवल एक दिनको उत्सव होइन, यो श्रमिक वर्गप्रति सम्मान र न्यायको आवाज हो। समाजको हरेक उत्पादन र सेवामा श्रमिकहरूको अमूल्य योगदान हुन्छ, त्यसैले उनीहरूको अधिकारको रक्षा गर्नु हाम्रै कर्तव्य हो।
"श्रम विना जीवन असम्भव छ, श्रमिक विना समृद्धि अधुरो छ।"
Comments