गण्डकी प्रदेशमा भावी मुख्यमन्त्रीका दाबेदार चार जना

Bhugolpark

७ बैशाख, २०८१,०८:३१

 

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ। यो चुनावले चुनेका सांसद र प्रदेससभा सदस्यले प्रधानमन्त्री र मुख्यमन्त्री समेत चुन्नेछन्। 

प्रदेशहरूमा कुन पार्टीको मुख्यमन्त्री को भन्ने चर्चा चुनाव लागेसँगै बढ्दै गएको छ। गण्डकी प्रदेशमा मुख्य तीन दलका चार नेता मुख्यमन्त्रीका दाबेदार छन्। 

नेपाली कांग्रेसमा दुई दाबेदार

यसरी प्रचण्ड र बाबुरामले गण्डकीका मुख्यमन्त्रीका रूपमा पाण्डेलाई प्रस्ताव गर्नुका कारण छन्। उनीहरू पाण्डेलाई मुख्यमन्त्रीका रूपमा सघाउने आश्वासन दिएर गोरखाली कांग्रेसजनको मत तान्न चाहन्छन्।

गोरखा–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रचण्ड गत वैशाख ३० को निर्वाचनको मत परिणाम अनुसार ४० हजार बढी मतान्तरले अघि छन्।

उक्त निर्वाचनमा एमालेले गोरखा–२ बाट ७ हजार हाराहारी मत पाउँदा गठबन्धनले ४७ हजार मत पाएका थिए। गोरखाली कांग्रेसजनको मन जितेर प्रचण्ड देशभरमै सबभन्दा बढी मतान्तरले चुनाव जित्न चाहन्छन्।

प्रचण्ड र बाबुरामले पाण्डेको प्रशंसा गर्दै मुख्यमन्त्रीका रूपमा अघि सार्नुका अर्को कारण पनि छ।

उनीहरूका लागि यसअघि पाण्डेले त्याग गर्नुपरेको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पाण्डेले बाबुरामका लागि त्याग गरेका थिए भने यसपालि प्रचण्डका लागि।

२०७४ को निर्वाचनमा गोरखा–२ मा पाण्डेले प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट टिकट पाएका थिए।

एमाले र माओवादी मिलेर वाम गठबन्धन गरेपछि बाबुरामले हार्ने निश्चित भएको थियो।

अन्तिम समयमा कांग्रेसको समर्थनमा बाबुराम उम्मेदवार बनेका थिए। पाण्डेले पाइसकेको टिकट छाडेर बाबुराम बोक्न बाध्य भएका थिए।

यसपालि–२ बाट प्रतिनिधि सभा सदस्यका लागि पाण्डेको नाम कांग्रेसले सर्वसम्मत सिफारिस गरेको थियो। उम्मेदवारको दर्जनौं लाइन लाग्ने कांग्रेसमा पाण्डेको नाम सर्वसम्मत हुँदा उनले नै टिकट पाउने कांग्रेसजन विश्वस्त थिए। प्रचण्ड आउने भनेपछि उनी प्रदेश सभा ‘ख’मा ओर्लनु। यसरी प्रचण्ड र बाबुरामका लागि त्याग गरेका पाण्डेलाई उनीहरूले मुख्यमन्त्रीका रूपमा अघि सार्नु नौलो नभएको स्थानीय कांग्रेस कार्यकर्ताको बुझाइ छ।

भावी मुख्यमन्त्रीका रूपमा पाण्डेको पृष्ठभूमि पनि कमजोर छैन। २०७४ मा बाबुरामलाई छाडेपछि उनलाई कांग्रेसले राष्ट्रिय सभा सदस्यमा मनोनित मात्र गरेन, संसदीय दलको नेतासमेत चुने। पाण्डे कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

प्रचण्ड र बाबुरामले भावी मुख्यमन्त्री प्रस्ताव गरे पनि कांग्रेसले पनि निर्वाचनमा होमिँदा कसैलाई पनि मुख्यमन्त्रीका रूपमा अघि सारेको छैन।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा आफैं मुख्यमन्त्री बन्ने अभिलासा बोकेर समानुपातिक सूचीको पहिलो नम्बरमा बसेका छन्। कास्की कांग्रेसमा बलियो शर्मा यसअघि प्रत्यक्ष निर्वाचनमा कहिल्यै चुनाव जितेका छैनन्।

मुख्यमन्त्रीका मुख्य दाबेदार शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् भने प्रचण्ड–बाबुरामले अघि सारेका पाण्डे देउवानिकट छन्।

गण्डकी प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र रहेकोमा गठबन्धन गर्दा कांग्रेसले २१ क्षेत्रमा उम्मेदवारी दिएको छ।

यस्तै, माओवादी केन्द्रले १२, एकीकृत समाजवादी र नेपाल समाजवादीले १/१ क्षेत्र पाएका छन्। गठबन्धनले मनाङ ‘क’मा स्वतन्त्र उम्मेदवार राजीव गुरूङ ‘दीपक मनाङे’लाई समर्थन गरेर सर्वसम्मत निर्वाचित गराइसकेका छन्।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएका कांग्रेसको २१ क्षेत्रमध्ये १० क्षेत्रमा शेखर कोइराला समूहका उम्मेदवार छन् भने ११ क्षेत्रमा देउवा समूहका छन्। समानुपातिक सूचीमा पनि देउवा समूहकै उम्मेदवार अगाडि छन्।

गोरखाबाट पाण्डे प्रत्यक्ष निर्वाचित हुने लगभग पक्का छ भने समानुपातिकतर्फ पहिलो नम्बरमा बसेका शर्मा पनि गण्डकीका सांसद बन्ने पक्का छ।

निर्वाचन परिणामपश्चात् कांग्रेस गण्डकीको संसदीय दलका नेता बन्न यी दुई नेताको प्रतिस्पर्धा अझ बढ्नेछ।

कांग्रेस गण्डकीका सभापति शर्माले पहिला कांग्रेस नेतृत्वको सरकार बनाउन पार्टी र गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए। 

हामी कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउन लागिपरेका छौं,’ उनले भने, ‘पहिलो चुनाव जित्छौं, त्यसपछि कांग्रेसकै नेतृत्वमा गण्डकी सरकार बनाउँछौं।’

यता, प्रचण्ड र बाबुरामले मुख्यमन्त्री प्रस्ताव गरिसकेका नेता पाण्डेले पनि आफू सिनियर नेता भएकाले मुख्यमन्त्री दाबी रहने बताए। 

पहिला चुनाव जित्नुपर्यो, त्यसपछि संसदीय दलको नेता जित्नुपर्छ,’ उनले भने, ‘अहिले पार्टीले कुनै निर्णय गरेको छैन, सिनियर भएकाले दाबी रहनु स्वाभाविक छ।’

माओवादीमा हरिबहादुर चुमानको दाबेदारी 

माओवादी पनि यसपालि गण्डकीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिङमा छ। माओवादी केन्द्रीय सदस्य हरिबहादुर चुमान तनहुँ– १ ‘ख’बाट फेरि प्रदेश सभा सदस्यका लागि चुनाव लड्दैछन्। 

सत्ता गठबन्धनमा भागबण्डा गर्दा गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दबाब नेतृत्वलाई दिन थालेका छन्।

यसअघि माओवादी गण्डकीका संसदीय दलका नेता रहेका चुमान पृथ्वीसुब्बा नेतृत्वको गण्डकी सरकारमा आन्तरिक मामिला मन्त्री थिए।

मुख्यमन्त्रीका विषयमा गठबन्धनमा सहमति हुनुपर्ने भन्दै उनले व्यक्तिगत रूपमा आफूले दाबी नगरेको बताए। 

पार्टीका नेता कार्यकर्ताले मलाई भावी मुख्यमन्त्री भनेका छन्, त्यो स्वाभाविक छ,’ उनले भने, ‘गण्डकीको मुख्यमन्त्री म बन्छु भन्ने छैन, पहिला गठबन्धनमा सहमति हुनुपर्‍यो नि।’

संघीय संसदका लागि सिफारिस भएका पाण्डेले उक्त क्षेत्र प्रचण्डलाई छाडेर प्रदेशमा झर्दा पार्टी र गठबन्धनका नेतासँग मुख्यमन्त्री बन्नेबारे सामान्य कुराकानी भएको बताए।

पार्टीले कुनै निर्णय गरेको छैन, प्रचण्ड र बाबुरामले मुख्यमन्त्री प्रस्ताव गर्नुभयो, सदासयताका लागि उहाँहरूलाई धन्यवाद,’ उनले भने, ‘प्रधानमन्त्री, मुख्यमन्त्री तोकेर चुनावमा गएका छैनौं, यसकारण म नै हुन्छु भन्ने छैन।’

एमालेले अघि सारेका संगठन विभाग प्रमुख खगराज अधिकारी 

विपक्षी एमालेबाट गण्डकीका भावी मुख्यमन्त्रीका रूपमा संगठन विभाग प्रमुख खगराज अधिकारी अघि सरेका छन्। 

पार्टी कमिटीले आधिकारिक निर्णय नगरे पनि एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए अधिकारी नै मुख्यमन्त्री बन्ने प्रचार कार्यकर्ताले गरिरहेका छन्।

अधिकारी भने आफू मुख्यमन्त्रीका दाबेदार रहे पनि पार्टीले गर्ने निर्णय सर्वोपरी रहेको बताउँछन्। 

नेकपा एमालेमा मुख्यमन्त्री बन्न सक्ने नेता धेरै हुनुहुन्छ,’ उनले भने, ‘अहिले म नै हुन्छु भन्दिनँ, पार्टीको निर्णय मान्छु।’

यसअघि प्रतिनिधि सभा सदस्य रहेका खगराज मुख्यमन्त्री बन्नकै लागि कास्की–१ प्रदेश सभा ‘क’ मा झरेको निकटस्थहरू बताउँछन्। गण्डकी प्रदेश सभाका लागि एमालेबाट उम्मेदवार बनेका अन्य नेतामा अधिकारीलाई चुनौती सक्ने हिम्मत छैन। 

गण्डकी प्रदेश सभामा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, भीम कार्कीलगायत नेता पनि उम्मेदवार छन्। तर, अधिकारी उनीहरूभन्दा सिनियर हुन्।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला संसद विघटन गरेर मन्त्रिपरिषद् विस्तार गर्दा अधिकारी १ दिने गृहमन्त्री बनेका थिए। त्यसअघि उनी स्वास्थ्यमन्त्री बनेका थिए। अध्यक्ष ओलीका पक्षमा संसदमा कडा अभिव्यक्ति दिएर चर्चामा आउने अधिकारीले चुनाव जितेको अवस्थामा एमाले संसदीय दलका नेता सर्वसम्मत निर्वाचित हुने पक्का रहेको एमाले नेताहरू बताउँछन्।

फेरि गण्डकीका मुख्यमन्त्री बन्ने दाउ हेरेर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहन्थे। उनको नाम लमजुङबाट प्रदेश सभा ''का लागि सिफारिस भएको थियो। तर खगराज समूहकै जोडबलमा गुरूङलाई प्रतिनिधि सभामा उठाएर प्रदेशमा आफ्ना प्रतिस्पर्धी नै नरहने अवस्था ल्याउन अधिकारी सफल छन्।


104 Views

Comments