काठमाडौं तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय समितिको निर्देशन

Bhugolpark

१७ चैत्र, २०८१,१३:२९

काठमाडौं, चैत १७ –

संसदीय समितिले काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन गरी संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने बताएको छ। समितिका सभापति अम्मरबहादुर थापाले यस्ता घटनाहरू पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था थप कडा बनाउन आग्रह गरेका छन्।

चैत १५ गतेको प्रदर्शनका क्रममा दुईजनाले ज्यान गुमाउनु परेको, सुरक्षाकर्मी घाइते भएको तथा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको भन्दै समितिले खेद व्यक्त गरेको छ।

समितिले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइतेहरूको उचित उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।


52 Views

Comments