काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन क्रिप्टोकरेन्सीका निम्ति रणनीतिक ‘रिजर्भ’ स्थापना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशसँगै अमेरिकाले ‘ब्लकचेन’ सम्पत्ति मानिने क्रिप्टोको राष्ट्रिय भण्डार गर्ने भएको हो ।
ह्वाइट हाउसका एआई एवं क्रिप्टो जार डेभिड स्याक्सले फौजदारी वा सिभिल कारबाहीबाट जफत गरिएको क्रिप्टोलाई संघीय सरकारको क्रिप्टोकरेन्सी रिजर्भमा राखिने बताएका छन् । अमेरिकाले रिजर्भमा जम्मा गरेको कुनै पनि बिटक्वाइन नबेचिने र सम्पत्तिका रूपमा राखिने उनले बताए ।
ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा गर्न लागेको पहिलो क्रिप्टो सम्मेलनमा थप विवरण सार्वजनिक गरिनेछ । अमेरिकी सरकारसँग यसअघि नै १७.५ अर्ब अमेरिकी डलरबराबरको दुई लाख बिटक्वाइन छ ।
ट्रम्पको घोषणापछि बिटक्वाइन, इथरियम, एक्सआरपी, सोलाना र कार्डानोलगायत क्रिप्टोकरेन्सीको मूल्य बढेको छ ।
विभिन्न देशले वित्तीय जोखिमबाट बच्न राष्ट्रिय सम्पत्तिको रणनीतिक भण्डार गर्छन् । अमेरिकासँग पेट्रोलियमको पनि भण्डार छ । क्यानडासँग मेपल सिरपको भण्डार छ ।
Comments