चितवन-२ मा मतदाता रवि लामिछानेतर्फ आकर्षित

Bhugolpark

६ कार्तिक, २०७९,११:००

भरतपुर महानगरपालिकाको वडा नम्बर मा गत स्थानीय तहको निर्वाचनमा जगन्नाथ पौडेललाई मत दिएका थिए ।उक्त वडाका सयौं कार्यकर्ताले  रविलाई भव्य स्वागत गरेका थिए।उनीहरूले   यसपटकको निर्वाचनमा भनेआफ्नो पार्टीको उम्मेदवार हुँदाहुँदै पनि विद्रोह गर्न तम्सिएको बताएका छन्

उनहरूले  आफ्नो पार्टी भनेर धेरै पटक भोट हालियो तर जितेर पनि कसैले गतिलो काम गरेनन्, पार्टीले अरूलाई भोट हाल भन्दा पनि आफ्नै मान्छे खोजेर भोट हालियो, उनले जितेनन्। यसपालि हाम्राभन्दा पनि राम्रालाई जिताउन पाए हुन्थ्यो जस्तो लागेको छ।भनि बताए ।उनीहरूले ‘राम्रालाई भोट हालेर जिताउन पाए देशलाई राम्रो हुन्थ्यो कि जस्तो लागेको बताए टेलिभिजनबाट समाजका लागि राम्रो काम गरेको थाहा पाएकाले रवि लामिछानेलाई लागि स्वागत गर्न लागेको उनीहरूले बताए

कतिपय कांग्रेसी कार्यकरताले भने यसपालि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ। त्यसैले अवसर पाए उमेशले पनि केही गर्छन् जस्तो लागेको , तर उनलाई हाम्रा कार्यकर्ताले नै राम्ररी चिनेका छैनन्।

चितवन क्षेत्र नम्बर बाट गठबन्धनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ। चितवनमा स्थानीयरूपमा भिजेका नेताहरूलाई दौडमा पछि पार्दै केन्द्रीय सभापति शेरबहादुर देउवानिकट मानिने उमेशले टिकट हात पारेका थिए।

यसअघि उम्मेदवारै नहुँदा पनि रूख चिन्हमै मतदान गरेका कार्यकर्ताले समेत यसपालि पार्टीले परिचित नेतालाई उम्मेदवार नबनाउँदा अन्यत्र भोट हाल्ने सोच बनाएको भरतपुर- की सुनिता अधिकारीले बताइन्।

हामी भोट दिँदादिँदा दिक्क भइसकेका छौं, यसपालि पार्टीलाई देखाइदिने हो, जहिले पनि मन लाग्दी गर्ने नेताहरूलाई कार्यकर्ताको पावर देखाउनु पर्छ,’ हातमा लिएको घन्टी हल्लाउँदै बोलिन्।

लामिछानेलाई स्वागत गर्न पुगेकामध्ये अधिकांश नेपाली कांग्रेसका समर्थक थिए। केही नेकपा एमालेका समर्थक पनि त्यहाँ भेटिए। उनीहरूमध्ये पनि प्रायः महिला थिए। जो यसपाली ती दुबै पार्टीलाई भोट नहाल्ने मनस्थितिमा देखिन्छन्।

यसरी कांग्रेससँग अघिल्लो पटक नै विद्रोह गरेका सो पार्टीका परम्परागत मतदाता लामिछानेप्रति आकर्षित देखिन्छन्। एमाले कांग्रेसलाई नै मत दिँदै आएका कतिपय मतदाता पनि उनीसँग आकर्षित छन्। तर यी दुई समूहले दिने मत कति हुन्छ, एमालेले आफ्नो मत कति सुरक्षित राख्न सक्छ, कांग्रेसका कति मतदाताले सो पार्टीका उम्मेदवारलाई यसपालि मत दिन्नन् त्यसको अहिल नै लेखाजोखा हुन कठिन छ। चुनावको माहोल तातिदै जाँदा मात्रै धेरै मतदाताले कसलाई मत दिने भन्ने अन्तिम धारणा बनाउने छन्।

चितवन क्षेत्र नम्बर मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछाने, नेपाली कांग्रेसबाट उमेश श्रेष्ठ, नेकपा एमालेबाट कृष्णभक्त पोखरेल, राप्रपाबाट रविन अधिकारी उम्मेदवार छन्।

रविले चितवनका जनताले आफूलाई गरेको सहयोगको गुन तिर्न उम्मेदवार बनेको बताउने गरेका छन्। उनले आत्महत्या दुरूत्साहनको मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा चितवनका जनताले ठूलो साथ दिएको बताउने गरेका छन्। रविले यहाँका मतदातासँगको भेटमा पनि यही कुरा दोहोर्याए।

उनले भने, ‘पहिले मेरो लागि तपाईंहरू लड्नुभयो, अब तपाईंहरूको लागि लड्छु।

उम्मेदवारी दर्तापछि रविले भरतपुर महानगरपालिका, कालिका नगरपालिका इच्छाकामना गाउँपालिकाका मतदातालाई भेटिरहेका छन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर नेपाली कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाको गाउँ पनि हो। जसले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरका रूपमा जगन्नाथ पौडेललाई प्रस्ताव गरेका थिए। अहिले पनि उनले चितवन क्षेत्र नम्बर मा पार्टीको निर्णयविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालालाई साथ दिएका छन्। विद्रोही स्वभावका ८४ वर्षे सापकोटाबाट प्रभावित पुराना कांग्रेसहरू चितवनमा अझै पनि प्रशस्तै भेटिन्छन्। 

गत स्थानीय तहको निर्वाचनमा मेयर जगन्नाथ पौडेलले यो वडाबाट ६४८ भोट ल्याएका थिए। मेयरमा गठबन्धनकी रेनु दाहालले ९८५ एमालेका विजय सुवेदीले १०२६ भोट ल्याएका थिए। सँगै जोडिएको वडा नम्बर बाट जगन्नाथले १२१६ भोट ल्याएका थिए। यहाँका बासिन्दा जगन्नाथले पाएको अधिकांश भोट यसपालि रविलाई जाने बताउँछन्। जगन्नाथ भने यसपालि चितवन- बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। यो वडा उक्त क्षेत्रमा पर्दैन।

हाल भरतपुर- पर्ने क्षेत्रमा कांग्रेस बाहेकको दलले चुनाव जितेको गत स्थानीय निर्वाचनमा पहिलो पटक हो। उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेले १०४९ भोट ल्याएका थिए।

नेकपा एमालेका विकास थापाले १६६६ भोट ल्याएका थिए। यहाँका विद्रोही कांग्रेसले आफ्नै वडाध्यक्षका उम्मेदवारलाई हराइदिएका थिए। वडाका चार सदस्य पदमा भने आफ्नै पार्टीका उम्मेदवारलाई जिताए। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भने यो वडाबाट कांग्रेसका चन्द्रमित्र पण्डित एमालेका खोमकान्त रेग्मीले भन्दा झन्डै दोब्बर बढी भोट ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए।

हामीले पार्टीले भनेको मानेर जसलाई भन्छ उसलाई भोट हालेर जिताएकै हौं तर सधैं त्यसरी मानेर हामीले चाहेजस्तो भएन,’ यहाँका मतदाता भक्तबहादुर नगरकोटीले भने, ‘यसपालि यहाँका मतदाताले उपयुक्त पात्र छानेर भोट हाल्छन्। पार्टीले जे भनोस् मलाई मतलब छैन।

उनले रविले जिते पनि पुरानाले काम गर्न दिँदैनन् कि भन्ने आशंका भने रहेको बताए।

चितवन- मा कांग्रेसबाट श्रेष्ठ एमालेबाट पोखरेलले उम्मेदवार बन्ने चर्चा पहिल्यैबाट भए पनि उम्मेदवारी दर्ता गर्ने दिनमा मात्रै रविले यहाँबाट उठ्ने निर्णय गरेका थिए। उनीहरू सबै अहिले मतदाताको घरदैलोमा पुगेर भोट माग्नमा व्यस्त छन्।

अघिल्ला दुई निर्वाचन जितेका पोखरेलले बाँकी काम पूरा गर्न यसपटक आफूलाई जिताउन आग्रह गर्ने गरेका छन्। उनी चितवनका मतदाताका बीचमा भिजेका नेता हुन्। श्रेष्ठले जिल्लाको समृद्धि विकासका लागि आफूलाई जिताउन आग्रह गर्दै भोट माग्ने गरेका छन्। उनी आफू बोलीमा भन्दा काममा विश्वास गर्ने बताउँछन्। राप्रपाका उम्मेदवार रविन अधिकारीले देशको परिवेश, युवाका समस्या, किसान, उद्यमीका मर्का बुझेका व्यक्तिलाई जिताउन सकेमात्र संसद प्रभावकारी बन्ने भएकाले आफूलाई मत दिन आग्रह गर्ने गरेका छन्।


178 Views

Comments