चीनमा राष्ट्रपति सी चिनफिङ पुन: तेस्रो कार्यकालका लागि निर्वाचित

Bhugolpark

६ कार्तिक, २०७९,०८:२९

काठमाडौं चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई पुन: निर्वाचित गरेको

सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व पुन: तेस्रो कार्यकाल सुरु गरेका छन् तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन्

एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापनपछि सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरूको नाम सार्वजनिक गरेको २०२३ मार्चमा उनको कार्यकाल सकिँदै ६९ बर्से सी फेरि राष्ट्रपति भएसँगै संस्थापक नेता माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन्

सम्मेलनले सीलाई ग्रेट लिडरको उपाधि पनि दिएको यसअघि यो उपाधि माओले पाएका थिए, जसले चीनमा २५ वर्ष शासन गरेका थिए सन् २०१२ मा सीपीसीको महासचिव भएका सी २०१३ मा पहिलोपल्ट चीनका राष्ट्रपति बनेका थिए त्यो बेला दुई कार्यकाल राष्ट्रपति बनेका हु जिन्ताओको ठाउँ सीले लिएका छन् हाल पुनः सम्मेलनबाट महासचिवमा निर्वाचित भएसँगै तेस्रो पटक राष्ट्रपतिमा चुनिएका छन्

१५ जुन १९५३ मा राजधानी पेइचिङनजिकैको एक गाउँमा जन्मेका सीले लामो समयसम्म शक्ति सञ्चय यात्रा सुरु गरेका छन् उनले कम्युनिस्ट पार्टीलाई नयाँ रूप मात्रै दिएनन्, रूपान्तरणसमेत गरेका छन् उनले यसअघिको कार्यकालमा सेना सरकार सावधानीका साथ चलाएका थिए पुनः नेतृत्वमा आएसँगै उनले अबको कार्यकाल कसरी गर्नेछन्, त्यो भने हेर्न बाँकी

राष्ट्रपति सीको शक्ति सञ्चय यात्रा लामो मूलतः सीले कम्युनिस्ट पार्टीलाई एक नयाँ रूप दिएका थिए उनको नेतृत्वमा चीनले घरेलुस्तरमा मात्र नभएर विदेश नीतिमा पनि थुप्रै परिवर्तन गरेको

सीसँगै मिलेर काम गरेका कतिपय उच्च नेता भ्रष्टाचार आरोपमा जेल जीवन बिताइरहँदा उनी भने शक्तिशाली बनेका छन् गत महिना मात्रै चीनको अदालतले पूर्व उपमन्त्री सुन लिजुन, पूर्वन्यायमन्त्री फु झेङहुआ संघाई चोङकिङ भ्रष्टाचारको आरोपमा जेल पठाउने आदेश दिएको थियो

उनको कार्यकालमा चीनमा हाई स्पिठ रेल नेटवर्कदेखि नयाँ ग्लोबल व्यापारिक मार्गसम्म अघि बढेको विश्वको अर्थतन्त्रमा ठूलो मुलुक चीन अहिले पहिलो हुने प्रतिस्पर्धामा चीनले अर्थतन्त्रलाई अझ मजबुत बनाउन उनले धेरै परियोजना सुरु गरेका थिए

हाल, भर्खरै निर्वाचित नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम छैन नाम नहुने स्थायी समिति सदस्यमा प्रधानमन्त्री ली खछ्याङ, ६७, नेसनल पिपुल्स कंग्रेस (संसद)का अध्यक्ष ली चान्सु, ७२, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, ६७, उपप्रधानमन्त्री हान चेङ, ६८, छन् उनीहरू चारै जनाले अवकाश पाएका छन्
करिब सय सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिटब्युरो मातहत हुन्छ पोलिटब्युरोभन्दा माथि स्थायी समिति हुन्छ केन्द्रीय समितिमा नपर्नुको अर्थ सो व्यक्तिले पार्टी वा सरकारमा महत्वपूर्ण पद पाउनेछैन

को हुन् सी ?

सी चिनफिङको जन्म चीनको छ्याङ्ची प्रान्तको फुम्पिङ सहरमा सन् १९५३ जुन १५ भएको हो सी चिनफिङ चीनको पूर्वसहायक प्रधानमन्त्री सी होङ्सुनका सुपुत्र हुन् होङ्सुन माओका युद्धकालीन मित्र थिए

उनी १९६६१९७७ सम्म सञ्चालित चिनियाँ सांस्कृतिक क्रान्तिको मुख्य नेतासमेत थिए सीको बाल्यकाल सांस्कृतिक क्रान्तिको अवधिमा बेइजिङको सम्भ्रान्त परिवार विलासी आरामदायी वातावरणमा बित्यो यही अवस्थामा सी होङ्सुनले पार्टी सरकारको खुलेरै आलोचना विरोध जनाएबापत पार्टीले उनलाई कारबाही गरेपछि सी चिनफिङ पनि बुबासँगै चीनको ग्रामीण इलाकाको कृषि कम्म्युनमा पठाइयो यससँगै सीको संघर्षको पाइला अघि बढेको पाइन्छ

छाङ्जी प्रान्तस्थि ग्रामीण क्षेत्रका कृषक स्थानीय बासिन्दासँंग वर्षसम्म कृषि कामदारका रूपमा बिताएका थिए सीले यही समयमा स्थानीय कृषकसँग राम्रो सम्बन्धसमेत स्थापित गर्ने अवसर मिलेको थियो गरी १९७४ मा अफिसियल पार्टी सदस्यका रूपमा काम गरेका उनले स्थानीय पार्टी शाखा कमिटीको सचिव भएर काम गरेका थिए यही कामको जगबाट सी कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुग्ने व्यक्तिका रूपमा परिचित बनेका छन्

कृषि कम्युनमा काम गर्ने सिलसिलामा बेइजिङको सिङ्घ्वा युनिभर्सिटीमा केमिकल इन्जिनियरिङमा अध्ययनसमेत सुरु गरेका सीले १९७९ मा ग्रेजुएसन सकेपछि उनले जिङ बाओको सचिवका रूपमा तीन वर्षसम्म काम गरेका थिए जिङ्बाओ चीनको केन्द्रीय सरकारको उपप्रधान तथा रक्षामन्त्री थिए सीले उक्त सचिवको काम पनि सन् १९८२ मा त्यागेर सीसीपीको हिवे प्रान्तको सहायक सचिवका रूपमा काम गर्न आरम्भ गर्न पुगे यसरी, सीले १९८५ सम्म यही जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनलाई पार्टीले प्mयुजेन प्रान्तको कम्युनिस्ट पार्टीको सदस्य भाइस मेयरका रूपमा नियुुक्त गरेपछि काम गर्ने अवसर प्राप्त भयो

चीनको दुर्गम फुजेन प्रान्तमा बस्दा बस्दै सीले १९८७ मा प्रसिद्ध लोक गायिका पेङ लियाङसँग विवाह गरेका थिए उनले १९९५ मा यही जिम्मेवारीलाई निरन्तरता दिने क्रममा उनी फुजेनको प्रान्तीय सहायक सचिवमा बढुवा भए


107 Views

Comments