एमाले महासचिव शंकर पोखरेल र माओवादीकी रेखा शर्माबीच कडाप्रतिस्पर्धा

Bhugolpark

६ कार्तिक, २०७९,०८:२५

नेकपा एमालेका महासचिव शंकर पोखरेल २०५१ सालपछि दोश्रोपटक प्रतिनिधि सभामा पुग्ने प्रयासमा छन्। 

२०५६, २०६४ २०७० को तीन वटा निर्वाचनमा पराजित भएका पोखरेल २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा जित हात पार्दै मुख्यमन्त्री बनेका थिए। तर उनका लागि संसदीय चुनावमा जित हात पार्नु चुनौतीपूर्ण बन्दै आएको छ। 

दाङको क्षेत्र नंम्बर बाट चुनाव लड्न लागेका पोखरेल यसपटक नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्दैछन्।

अर्कोतर्फ विगतमा सामान्य प्रशासन मन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्ष तर्फको निर्वाचन लड्न लागेकी हुन्। शर्माले आफूले संविधानको रक्षाका लागि प्रतिगमनलाई परास्त गर्न निर्वाचन लड्न लागेको बताउने गरेकी छिन्। 

रोल्पा प्यूठानसँग सीमा जोडिएको दाङमा दुवै जिल्लाबाट बसाइँ सरेर आएकाहरुको बाक्लो उपस्थिति छ। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन्। त्यसको लाभ रेखालाई मिल्ने देखिन्छ। त्यस्तै नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र भएकाले कांग्रेसको मत ट्रान्सफर हुदाँ रेखालाई जित निकाल्न सहज हुने देखिन्छ। 

अर्कोतर्फ पोखरेलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा आफ्ना दलका उमेदवारलाई जिताउन सकेका कारण उनी यसपटक निर्वाचन जित्नेमा उत्साही छन्। तर स्थानीय निर्वाचनका बेलामा जस्तो गठबन्धनमा किचलो नरहेका कारण यसपटक जित हात पार्ने दाबी माओवादीका स्थानीय नेताहरुको छ। 

तर पोखरेल शर्मा दुबैका लागि जित निकाल्न कांग्रेसको मत निर्णायक हुने देखिन्छ। शर्मालाई जितका लागि कांग्रेसको सबै मत तान्नु चुनौतीपूर्ण भने पोखरेललाई जितका लागि कांग्रेसको मत आकर्षित गर्नुपर्ने हुन्छ। 

137 Views

Comments