२०७९ चुनावमा: सत्तामा गएका राजनीतिक पार्टी विपरीत आउँदै गरेको लहर

Bhugolpark

४ कार्तिक, २०७९,१०:३४

काठमाडौँ नेपालमा प्रतिनिधिसभा   प्रदेश प्रतिनिधिका लागि निर्वाचन हुन करिब एक महिनामात्र बाँकी यो चुनावको नतिजा के आउला ? अहिलेको सम्मको अवस्था हेर्ने हो भने चुनाव बहुदल आएपछि सत्तामा गएका पुराना राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, माओवादीको विपक्षमा लहर बढ्दै गएको  

यो चुनावमा स्पष्ट रुपमा राजनीतिक पार्टीको विगतको कार्यसम्पादनबाट आमनागरिक सन्तुष्ट छैनन् भन्ने देखाएको सामाजिक सञ्जालहरूमा सत्तामा गएर पनि सुशासन दिन नसकेका राजनीतिक पार्टीप्रति व्यापक गुनासा देखिएका छन् आम सर्वसाधारण मतदाता विकल्पको खोजीमा छन् तर, भरपर्दो विकल्प भने अझै आइसकेको छैन  

चुनावअघि अझै केही चुनावी मुद्दा अगाडि आउने छन् कुनै सुनामी आउन पनि सक्छ अहिले नै नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले डडेलधुरामा दिएको मन्तव्य विवादस्पद भएको  

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निःशुल्क विदेश पठाइदिने आश्वासनले सामाजिक सञ्जाल तातेको यसले आउने दिनमा अझै केही मुद्दाहरु आउन देखिन्छ जसले पुराना राजनीतिक पार्टीको लोकप्रियता अझ घटाउन सक्छ यस्ता संस्कार लिएका राजनीतिक पार्टीलाई कसरी भोट दिने ? बोल्दा यति पनि हेक्का नभएका नेतालाई कसरी स्वीकार्ने भन्ने दृष्टिकोण मजबुत हुँदैछ राजनीतिक पार्टीले आम जनताको हुर्मत लिएका छन् पार्टीभित्रै कुनै प्रजातान्त्रिक संस्कार छैन त्यही भएर विकल्प खोजिएको हो

राजनीतिक पार्टीको घट्दो लोकप्रियतालाई सञ्चारकर्मीबाट राजनीतिमा आएका रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले कति आफ्नो पक्षमा ल्याउन सक्छ यो स्पष्ट छैन विदेशमा गएका नेपालीले पाएको पीडा, गाउँघरका जनताका समस्या उठाएर रवि चर्चित भएका हुन्   

यस पटकको निर्वाचनमा केही फरक नतिजाहरू आए भने अन्यथा मान्नु पर्दैन् स्थानीय तहको निर्वाचनमा काठमाडौँमा बालेन शाहले जसरी अप्रत्यासित जीत निकाले नयाँ अनुहारले त्यस्तै अप्रत्यासित जीत निकालेमा पनि अन्यथा हुने छैन् यस पटक अलोकप्रिय वन्दै गएका सत्तामा गइसकेका राजनीतिक पार्टी भोटमा खुम्चिने भने पक्का नेपालको राजनीतिमा केही केही उथलपुथल भने देखिने अनुमान गरिएको  


221 Views

Comments