शेरबहादुर, केपी र प्रचण्ड ‘लाइभ डिबेट’

Bhugolpark

४ कार्तिक, २०७९,०९:४९

कुनै मुद्दा नहुँदा भाइरल बाइटफ्याँकेर पनि चर्चामा आउनु एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै विशेषता हो कांग्रेस सभापति शेरबहादुर देउवासँगलाइभ डिबेटगर्ने उनको सार्वजनिक प्रस्ताव यसको पछिल्लो दृष्टान्त हो यसप्रति प्रधानमन्त्री देउवाबाट सार्वजनिक रूपमा प्रतिक्रिया आएको देखिएन, तर सुनिएअनुसार ओलीले फोन गरेर व्यक्तिगत रूपमा पनि यस्तै प्रस्ताव राख्दा उनले ठट्यौलो जवाफ दिएका थिएमैले दुइटा मात्र सम्झेको हुन्छु, तपाईंले दस वटा कुरा गरिसक्नुहुन्छ, के डिबेट गर्नु !

यो कसैबाट लुकेको कुरा होइन कि, प्रधानमन्त्री देउवा सार्वजनिक बहस गर्न चाहने नेता नै होइनन्, उनले जे गर्ने हो बालुवाटारको बन्द बैठकबाटै गर्ने हुन्, जुन तरिकाबाट हिजो ओलीको शासन चल्थ्यो सम्भवतः यो बुझेरै ओलीले नहुने लाइभ डिबेटको चुनावी अस्त्र फ्याँकेका हुन् कथं देउवा, ओली वर्तमान शक्तिविन्यासका तेस्रा खेलाडी प्रचण्डसमेतलाई एकै ठाउँ राखेर जनताले र्याखर्याख्ती गर्न पाउने हो भने निकै रमाइलै हुन्थ्यो होला किनभने मुलुकका थुप्रै समस्या समाधानको व्यवधानसमेत यी यिनकै दलीय स्वार्थवरपर रुमल्लिएको

यथार्थ के हो भने देउवा मात्र होइन, ओली प्रचण्डसमेत सार्वजनिक रूपमा जवाफदेह हुनुपर्ने यस्ता साझा खुला संयुक्त बहस सामान्यतया रुचाउँदैनन् शीर्ष नेतृत्वको शैली नै वनवे ट्राफिक जस्तो हुन गएको एकोहोरो भाषण दियो, हिँड्यो उनीहरूलाई प्रश्नभन्दा प्रवचन मन पर्छ, पार्टीभित्र बाहिर पनि कांग्रेस, एमाले माओवादीको दलीय संरचना नियाल्ने हो भने पनि यही देखिन्छ

माओवादी पार्टीमा हेरौं, त्यहाँ माओवादी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै माओवादी तीन दशकदेखिकै नियति हो यो पहिले यदाकदा फरक मत राख्ने मोहन वैद्य, विप्लव, बादल अचेल कोही छैनन्; बाबुराम भट्टराई केही उपाय नलागेर प्रचण्डमै समाहित भई पुरानो घर फर्कने तारतम्य मिलाउँदै छन् त्यसैले अचेल प्रचण्डले कसैको प्रश्न सुनिरहनै पर्दैन

एमालेमा प्रश्न सोध्नेहरू झनै बाँकी रहेनन् पहिलेझमेला गरिरहने माधवकुमार नेपाल आफैं पार्टी तोडेर निस्किए, आफ्नो आलोचना गरिरहने दस भाइ नेतामध्ये अधिकांशलाई घुँडा टेकाउन ओली सफल भए, तैपनि प्रश्न सोधेर हैरान पारिरहेका घनश्याम भुसाल भीम रावललाई चुनावमा टिकटै नदिएर उनले बहिर्गमनको बाटो देखाइदिए बरु पार्टी खुम्चियोस्, तर त्यहाँ आफ्नो प्रश्नरहित वर्चस्व कायम भइरहोस् भन्ने आत्मघाती बाटामा ओलीले पनि चाँडै ब्रेक लगाउन चाहेको देखिन्न

एमाले माओवादीका तुलनामा कांग्रेसमा बोल्न पाउने छुट , तर त्यो बोलीको कुनै अर्थ छैन पार्टी राज्यका दुवै सत्तामाथि झट्ट हेर्दा प्रधानमन्त्री देउवाको शासन , तर उनीमाथि कसको शासन , त्यो पहेली पर्गेल्ने आँट कुनै कांग्रेसीजनमा देखिँदैन किनभने त्योआँट गर्दा अवसर आकांक्षामा विराम लाग्न सक्छ स्वर्णिम वाग्ले मीनेन्द्र रिजाल यसका ताजा दृष्टान्त हुन् कांग्रेस उम्मेदवारहरूको सूची तय गर्दा जब बालुवाटारमा प्रधानमन्त्रीको कानमा नेपथ्यबाट खबर आउँथ्यो, त्यसपछि उनको मुड अडान दुवै अस्वाभाविक रूपमा बदलिन्थ्यो; त्यहाँ यस्ता दृश्य देख्नेभोग्ने नेताहरू अझै छक्क छन् नायबी शासनको नयाँ झल्को पाएर

हाम्रा प्रमुख राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको यस्तो हुर्मत किन काढियो? शीर्षनेताहरूलाई सोध्नुपर्ने यस्ता प्रश्नका चाङ छन्, तर जवाफ उपलब्ध छैन अझ उनीहरूका विरोधाभासी बोली कार्यले गर्दा आम नागरिकहरू उनिहरूको विकल्पमा स्वतन्त्र उम्मेदवारलाईं समेत जीताउँनसक्ने देखिन्छ


371 Views

Comments