‘बहुउपयोगी गाँजालाई वैधानिकीकरण गर्नतर्फ नलाग्नु दुई तिहाई सरकारको नालायकिपन हो’ उपाध्याय

१ आश्विन, २०८१,१६:०३

१ असोज,काठमाडौँ । सन् २०२२ डिसेम्बर २ मा भएको संयुक्त राष्ट्र संघको एक बैठकमा गाँजा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा वोध भयो । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले समेत गाँजा औषधीय गुणले भरिपूर्ण हुने जनाएको छ । गाँजामा नशा मात्र नभएर ‘ए टु जेड’ रोगलाई निको पार्ने क्षेमता हुँने विज्ञहरूले बताउँदै आएका छन् । अमेरिका, पाकिस्तान, थाइल्याण्ड आदि देशहरूले गाँजा औषधीय प्रयोजनका लागि वैध गरिने भएको छ ।

तर नेपालको दूई तिहाईको सरकारले विगतको सरकारका पालामा बजेट भाषणमा बहुउपयोगी गाँजालाई वैधानिकीकरण गर्न नीति नियम बनाउँने भनेपनि कानमा तेल हालेर बसेको छ । नेपालका ठूला दलहरूले विगतमा राम्रा नारा लिएर जनताको मन जितेर निर्वाचित भएपनि सरकारमा गएपछि भ्रष्टचार र सत्ताको लुछाचुडिमा नै अधिकांश समय विताएका छन् । उनीहरूलाई देश र जनताको मतलब नभएको जस्तो देखिन्छ । त्यसैले हुनुपर्छ, जनतामा युवा नेता र नयाँ दलमा क्रेज बढेर गएको छ ।

यसै विषयमा सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं गाँजा विज्ञ पूर्वसचिव इन्जिनीयर भीम उपाध्यायसँग भूगोलपार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका अन्तिम भाग:

नेपालमा गाँजा खेतीलाई वैधानिकिकरण गर्न किन दुई तिहाईको सरकारले ढिलो गरेको होला ?

सरकारलाई यो देश, जनता, युवा र गाउँको कुनै चिन्ता नै छैन् । कुर्ची बचाउने र कहाँबाट हुन्छ अवैध तरिकाले पैसा असुल्ने भन्ने तिर लागेका छन् । अवैध तरिकाले पैसा आएसम्म किन गाँजालाई वैधानिकीकरण गर्नतर्फ सरकार लाग्थ्यो । वैध गर्यो भनेत सरकार र नेतालाई पैसा त आउँदैन् । संसारभरका मानिस गाँजालाई वैधानिकीकरण गर्नतर्फ लागे, हामी पछि पर्यौँ ।

सन् २०२२ डिसेम्बर २ मा भएको संयुक्त राष्ट्र संघको एक बैठकमा गाँजा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा वोध भयो । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले समेत गाँजा औषधीय गुणले भरिपूर्ण हुने जनाएको छ । नेपाल र भारतले गाँजा खेतीलाई वैधानिकीकरण गर्नुपर्छ भन्ने पक्षमा मतदान गरेको छ । ५३ देश मध्ये नेपालसहित २७ देशले पक्षमा र २६ देशले विपक्षमा मतदान गरे । नेपालले गाँजा खेतीलाई वैधानिकीकरण गर्नुपर्छ भन्ने पक्षमा ओलीसरकारकै पालामा निर्णायक मतप्रकट गरेको छ । एमाले सम्मिलित प्रचण्ड सरकारले क्याविनेटबाटै निर्णय गरेर गाँजा खेतीलाई वैधानिकीकरण गर्न कानुन बनाउँने निर्णय गर्यो । कांग्रेस-माओवादीको सरकार भएको बेलामा प्रकाशशरण अर्थमन्त्री थिए । त्यो बेलामा गाँजाका विषयमा अनुसन्धान गर्ने निर्णय भएको छ । अहिले प्रधानमन्त्री ओली “नेपालको अन्तर्राष्ट्रिय जगतमा छवि विग्रिन सक्छ, गाँजा खेतीलाई वैधानिकीकरण गर्ने विषयमा विचार गर्नुपर्छ” भनिरहेका छन् । कांग्रेस र एमालेको नेताहरूनै यस विषयमा बाङ्गाबाङ्गा कुरा गरिरहेका छन् । किन नेपालले गाँजा खेतीलाई वैधानिकीकरण गर्नुपर्छ भन्ने पक्षमा निर्णायक मतदान गर्यो र बोलि फेर्यो भन्ने कुराको आभाष जनतालाई भइसकेको छ ।

यसले गर्दा न अन्तर्राट्रिय जगतमा नेपालको छवि राम्रो भएको छ, नत नेपाली जनताले गाँजा खेति गरी लाभ लिन सकेका छन् । राष्ट्रसंघमा आफैले गरेको निर्णयबाट दल र सरकारपछि हटेकाले राष्ट्रिय/अन्तर्राट्रिय जगतमा नेपालको छवि जिरो हुनपुगेको छ । सन् २०२२ डिसेम्बर २ मा भएको संयुक्त राष्ट्र संघको बैठकपछि ठूलो अर्थतन्त्र भएको पाकिस्तान गाँजा खेतीलाई वैधानिकीकरण गर्न लागेको छ । पाकिस्तानलाई देश विकास गरेर मात्र हुँदैन । सुरक्षाको लागि फाइटर जेट, गोलाबारुद चाहिन्छ । त्यसको लागि रक्षा बजेट बढाउँनुपर्छ । उसले गाँजा खेति गरेर विदेशी मुद्रा संचित गर्न सकिन्छ भन्ने ठान्यो र २०२५ देखि व्यावसायिक खेति गर्ने भनेको छ । हाम्रो देशको सरकार ४ वर्षदेखि चुपलागेर बस्नुको पछाडि अवैध भ्रष्टचारबाट सरकार र दलहरूले पैसा कमाएको रहेछ भन्ने देखिन्छ ।

तर नेताहरूले हिजोको जस्तो नसोचे हुँन्छ । आज लाखौँ युवाहरू गाँजाको पक्षमा छन् । अहिले युवा, प्रोफेसर, व्यापारी आदि गाँजालाई वैध गर्नुपर्छ भनी बोलिरहेका छन्,नेताहरूले चासो देखाएका छैनन् । नेपालमा गाँजालाई वैध गर्नसाथ धेरै मानिस स्वदेशमै फर्कन्छन् । विगतलाई हेर्ने हो भने एमाले नेता शेरबहादुर तमाङ र त्यसपछि पनि ४०/४५ जना नेताले यस विषयमा संकल्प प्रस्ताव संसदमा टेबुल गरेका थिए । सरकार फेरियो भन्दैमा जनसरोकारका त्यो विषय थाती राख्नु अत्यन्त दुखद कुरा हो ।

यो सरकारको पालामा गाँजा खेतीलाई वैधानिकीकरण गर्ने सम्भावना कति देख्नुहुन्छ ?

म सम्भावना देख्दिन । युवाहरू भड्कि सकेका छन् । अब दलहरूले ठूलो मूल्य चुकाउँनुपर्छ । अब सरकार आउट हुने दिनको पर्खाइमा छ । हिजो नेता र सरकारले गलत गर्दा पनि जनताले पत्याउँथे । आज उनीहरूले सही भनेपनि जनताले पत्याउँन छोडेका छन् । उनीहरूले बोलेको झुटको प्रत्यक्ष असर अब राजनीतिमा पर्छ ।

नयाँ दलहरूलाई पनि जनताले ‘एउटै मुलाको ड्याङ’ भनी शंकाको दृष्टिले हेरेको देखिन्छ,नि ?

हो, संगत ‘गुणाको फल’ हुन्छ भन्ने ठानेर हुनुपर्छ, शंकाको दृष्टिले हेर्न थालेका छन् । अब जनता भविश्यमा जेसुकै होस्,अब भ्रष्ट र नौटंकीहरूलाई छोड्नुहुँदैन भनेर लागेका छन् । दैवीप्रकोप र भुइचालो आएझैँ कुनै पनि बेला नेपालमा ठूलो राजनीतिक दुर्घटना हुन सक्छ । जसरी विगत पञ्चायतकालमा बहुदलको उदयहुन्छ भन्ने पञ्चायती शासकहरूले नमाने पनि त बहुदल आयो ठिक त्यसैगरी यो व्यवस्था जोगिन्छ भन्ने वर्तमान शासकलाई लागेपनि कुनै दिन यो व्यवस्था फेरेने निश्चित छ ।

सव्जेटिभ र अब्जेटिभ गरी दुई कारणले व्यवस्था परिवर्तन हुन्छ । सव्जेटिभ भन्नाले राजनीतिक दलले उठाएको सेन्टिमेन्टका आधारलाई मानिन्छ । अब्जेटिभ भन्नाले शासनशैली, व्यथिती, भ्रष्टचार, वेरोजगार आदि भन्ने बुझिन्छ । नेपालमा उपसभामुख, कुलमानलाई हटाउँन खोजेका छन् । त्यो त राम्रो कुरा हो, त्यहीबाट उनीहरूको पतनको यात्रा सुरु हुन्छ । अर्कोतर्फ नेपालको राजनीति नेताहरूको हातबाट फुत्कि सकेको छ, नेता र सरकारले भ्रम नपाले हुन्छ । अहिले सरकारले संसद र देश चलाएका छैनन् । विचौलियाहरूले देश चलाएका छन् जुन दुर्भाग्य कुरा हो ।

अन्तिममा यदि गाँजालाई नेपाल सरकारले वैध गर्यो भने कसरी अर्थतन्त्रमा कायपलट हुन्छ ?

विश्वका पर्यटकहरूले नेपालमा उत्पादन भएको गाँजामा प्रचुरमात्रमा आषधीयगुणले गर्दा धेरै मनपराएर किनेर लाने गर्थ्ये । नेपालमा गाँजा तेस्रो देशमा उल्लेख्यमात्रमा निर्यात हुन्थ्यो । जसले गर्दा देशको प्रमुख आम्दानीको स्रोत नै गाँजा थियो । गाँजाको ठेक्का पट्टा हुन्थ्यो । विदेश निर्यात हुन्थ्यो । गाँजालाई अवैध गर्नाले आजसम्म दुरदराज गाउँका कृषकको आम्दानीको मुख्य श्रोत पनि बन्द भएको छ । जसले गर्दा सरकारले वैधानक तरिकाले गाँजाबाट लिदै आएको राजस्व पनि बन्द भयो । जसले गर्दा राजस्व असुली गर्नकै लागि गिटी बालुवा बेच्नु पर्ने अवस्था सृजना भयो ।

गाँजा खेती आद्योगीक, कृषी र औषधी गरी तीन प्रयोजनका लागि गर्न सकिन्छ । गाँजाका प्रजातीहरू पनि धेरै हुन्छन् । नेपालको गाँजा आषधीय गुणले भरीपूर्ण भएकाले पहिला पहिला युरोप, अमेरिकालगायत विश्वभरी बिक्रि हुन्थ्यो । गाँजाले ‘ए टुजेट’ रोगलाई निको पार्छ । गाँजामा नशा छ तर सबै गाँजामा नशा हुँदैन् । मर्फीनले दुखाई कम गर्न नसकेको गाँजाले दुखाई निर्मूल पारिदिन्छ । गाँजाको सेवनले रोक निको हुनेमात्र नभएर पुन: रोग नै लाग्दैन । के भ्रम नहोस भने सुर्ती चुरोडको जस्तो गाँजामा निकोटिन विष हुँदैन् ।

हाम्रो मानव शरिरमा पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली आदि भएझैँ आन्तरिक गाँजा प्रणाली हुन्छ । गाँजाको सेवनबाट मात्र सो प्रणाली सक्रीय हुन्छ र मानव शरिरलाई फाइदा पुर्याउँछ । गाँजाले तनावबाट छुटकारा दिन्छ यानी रिल्याक्स गर्छ । स्लीपिङ ट्यावलेट खाएर निदाउँनुपर्ने विरामीले समेत गाँजाको सेवन गरेमा सजिलै निदाउँन सक्छ । यसले शरिरलाई कुनै हानीनोक्सानी गर्दैन ।

गाँजाको सेवन वाफ लिएर, धुम्रपान गरेर र खाएर गर्न सकिन्छ । गाँजाको पातको टि सेवन गरेमा मानसिक थकान कम गर्छ र निन्द्रा लाग्छ । गाँजाले साधारण रोग देखि गम्भीर प्रकृतीको रोगलाई निको पार्छ । नेपालमा गाँजा खेती अवैध भएको कारण गाँजा खेती गरेको प्रहरीले थाहा पाएमा नष्ट गरिदिन्छ । कृषकलाई गाँजा खेती गर्न अन्नवालीको झैँ धेरै मिहिनेत गर्नु पर्दैन । रुखो पाखो जग्गामा पनि उनीहरूले खेती गरी सजिलै प्रशस्त आम्दानी गर्न सक्छन् ।

सरकार कानमा तेल हालेर बसेको छ । अहिले पनि ५० अर्बभन्दा बढीको गाँजा नेपालबाट तस्कर हुने गरेको छ । तस्करहरूले सिमित राजनीतिक दलका नेता, कर्मचारी, व्यापारी आदिलाई दवाव र प्रभावमा पारेर अकुत सम्पती कमाई राखेका छन् । तर सरकारले नत राजस्व असुली गर्न गाँजा खेतीलाई वैधानिकीकरण गर्न सकेको छ नत सस्करलाई रोक्न नै ।

त्यसैले गाँजा खेतीलाई वैधानिकीकरण गर्ने कानुन तुरुन्त संसदबाट विधेक पास गर्नुपर्छ । तेसो गर्न सकिएको खण्डमा दुरदराजका ‘हुदा खाने’ वर्गले गाउँमा नै आम्दानी गर्न सक्छन् । उनीहरूलाई दुई छाक खानकै लागि विदेशीनु पर्दैन् । गरिवको जीवनस्थरमा कायापलट हुन्छ भने राज्यले पनि अरबौँ राजस्व संकलन गर्नसक्छ ।

वैज्ञानिकहरूले के प्रमाणित गरी सकेका छन् भने मेडिकल डक्टरले दिएको दवाईले रोग कम गर्छ, रोगको निर्मूल पार्दैन तर गाँजाको सेवनले रोग निर्मूल नै पार्छ । रक्सीको सेवनले सवारी दुर्घटना, परिवारमा झगडा हुने हुन्छ । तर गाँजा सेवन गर्ने मानिसले परिवार र समाजलाई कुनै हानी गर्दैन । हानी नै गरे पनि सेवन गर्नेलाई हुन्छ ।



69 Views

Comments