‘सरकारले भ्रष्टचार र कुशासन यसरी नै गरी रहने हो भने बंगलादेश र श्रीलंकाको भन्दा दूरवस्था नेपालमा हुन्छ’ उपाध्याय

३० भाद्र, २०८१,१२:३४

३० भदौ, काठमाडौँ । नेपालमा समयमा भर्ना, परीक्षा र नतिजा प्रकाशन नहुने समस्या ज्यूकात्यू छ । नेपालमा जागिर पाउँन ज्यादैँ कठीन छ । पाईहाले पनि जीविको पार्जनका लागि तलव अपुग छ । उद्योग कलकारखाना खोल्न बैकहरूबाट सहज रुपमा ऋण पाउन कठिन छ । जसले गर्दा धेरै युवापुस्ता राम्रो अवसरको खोजीमा युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशमा अध्ययन गर्न जाने र उतै पियार वा ग्रिककार्ड लिएर पलायन हुँने क्रम तिव्र गतिमा बढ्दै गएको छ । जसको कारण सानो अर्थतन्त्र भएको देश नेपालबाट एक खरब भन्दा बढी रकम अध्ययन र विविध कामका लागि भनेर रकम बाहिरिएको कुरा विभिन्न तथ्यांकहरूले देखाएको छ ।

अर्कोतर्फ युवाहरूलाई देशमा नै पढेपछि योग्यता क्षेमताका आधारमा रोजगारी दिने,युवापुस्ताको मागका आधारमा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट सर्वसुलभ ऋण कसरी दिने भन्ने कुरामा सरकारले विशेष ध्यान दिएको पाइदैन् । सरकार भ्रष्टचार, वेथिती, विसंगती, छाडातन्त्र र कुशासनमा चुर्लुम्म डुबेको छ । सरकार यसरी नै अघि बढि रहने हो भने बंगलादेश र श्रीलंकाको भन्दा दूरवस्था नेपालमा ढिलो चाँडो हुन बेरलाग्दैन् । 

यसै विषयमा निजामति सेवाबाट अवकास पाएपछि समाजसेवामा तल्लिन भ्रष्टचार विरोधी एक सशक्त अभियन्ता तथा पूर्वसचिव इन्जिनीयर भीमप्रसाद उपाध्यायसँग ‘स्वतस्फूर्त युवापुस्ताको आक्रोश सडकमा बढ्दो’ भन्ने विषयमा भूगोलपार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित दोस्रो अंश :

बंगलादेश र श्रीलंकाको झल्को दिने गरी हालका दिनमा स्वतस्फूर्त युवापुस्ताको आक्रोश सडकमा बढ्दै गएको छ । “युवापुस्ताले आफ्नो माग सरकारले सम्बोधन नगरे बंगलादेश र श्रीलंकाको झैँ नेतालाई देशबाटै खेद्छौँ” भनेका छन् । यस विषयमा यहाँको धारणा के छ ?

बंगलादेश स्वतन्त्र गराउँन तत्कालिन प्रधानमन्त्री शेख हसिना पिता मुजिवर रहमानले अतुलनीय योगदान दिए । उनलाई बंगलादेशमा अहिले पनि राष्ट्र पिता भन्छन् । उनका पितासहित ४ जना परिवारलाई शहिद हुनुपर्यो । त्यतिवेला उनी देश बाहिर भएकीले बाँचेकी थिइन । बंगलादेशमा कूल ग्रायस्थ उत्पादन जिडिपी राम्रो थियो । बंगलादेशमा तिव्र रुपमा आर्थिक संवृद्धि हासिल गरेकै थियो । अन्तर्राष्ट्रिय जगतले हेर्ने दृष्टिकोण राम्रो छ । तर युवापुस्ताको भावना र विचारलाई दमन गरी २०० भन्दा बढी युवा विद्यार्थीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मारीन । जसको फलस्वरुप बंगालीहरूको रगत तातियो र उनी सत्ताच्युत मात्र भइनन् । देशबाट नै भाग्नुपर्यो ।

नेपालको परिदृष्य हेर्ने हो भने बंगलादेशको भन्दा नेपालको कूल ग्रायस्थ उत्पादन जिडिपी राम्रो छैन् । आर्थिक अवस्था नाजुक छ । २४ खर्बभन्दा बढी ऋण छ । सरकारले राम्रा विज्ञता भएका मानिसलाई सही ठाउँमा नियुक्ति गर्दैन् । राम्रो काम गर्ने कर्मचारीलाई विभिन्न लाञ्छाना र आरोप लगायर राजिनामा दिन बाध्य गराउँछ । सरकारमा जाने वितिक्कै भ्रष्टचार गर्नका लागि आफू अनुकूलमा मानिस ल्याउँन सरुवा/वढुवा गर्ने गर्छन् । देश र जनताको झनझन अवस्था दयनिय हुँदै गएको छ । यसरी नै सरकार भ्रष्टचार, वेथिती, विसंगती, छाडातन्त्र र कुशासनमा चुर्लुम्म डुब्ने हो भने कुन दिन युवाहरूको आक्रोषको धैर्यता टुटछ । त्यो दिन श्रीलंकाको भन्दा दूरवस्था नेपालमा हुन्छ । अहिले पनि दलहरू भ्रष्टचारीलाई जोगाउँन सरकार बनाउँन र ढाल्न लाग्छन् । सरकारले जहाँ हातहाल्यो त्यही भ्रष्टचार र वेथिती बढेर गएकाले नागरिकमा चरम निराशा छ । नेपाल देश विकासमा निकै पछि परेको छ । युवाहरूको अवस्था दयनीय छ । 

बंगलादेशमा त देश चलाउँने राम्रा मानिस पनि रहेछन् । नवेल शान्ति पुरुपकार पाएका मानिसले सत्तासमाले तर नेपालमा आन्दोलन नै भएपछि कसलाई सत्ता सुम्पने भन्ने चुनौती देखिन्छ । नेपालमा अहिलेसम्म त्यस्ता व्यक्तिको उदय भइसकेको छैन् । यदि भइदिउको भए,पहिलेनै यो व्यवस्था परिवर्तन भइसक्थ्यो । नेपालमा व्यवस्था परिवर्तन भइहाले पनि केयर टेकर सरकार जनताले चलाउँने हो, सेनाले चलाउँदैन् । अर्को चुनावबाट सरकार नबनेसम्म केयर टेकर सरकार बनाउँने नेता मैले देखेको छैन् ।

वर्तमान सरकारले एमालेकी प्रदेश सांसद शर्माले आफ्नो घरमा काम गर्ने बालिकामाथि श्रमशोषण गरी चरम यातना दिएकी महिलालाई जोगाएर मेयर बालेनमाथि जुवारी खेलेको देखिन्छ । यस विषयमा यहाँको धारण के छ ?

व्यवस्था परिवर्तन गर्नका लागि जेल/नेल खाएर आएका नेताहरूनै आज नागरिकहरूको आवाज दवाउन सामाजिक सञ्जालको दूरुपयोग गर्ने गर्छन् । जसको ज्वालन्त उदाहरण हो, केपी शर्मा ओलीको सरकारले एमालेकी प्रदेश सांसद रेखा शर्माले आफ्नो घरमा काम गर्ने बालिकामाथि श्रमशोषण गरी चरम यातना दिए पनि उनलाई संरक्षण गरिनु । काठमाडौँ महानगरपालिकाका मेयर बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले घरेलु कामदारमा राखेर हिंसा गरेको दावीसहित फेसबुकमा एउटा पोष्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोष्ट हटेपछि सुरु भएको विवादले एक अर्का पेज अनफलो गर्ने अभियानसम्म पुग्यो । केही दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा १ लाख भन्दा बढीले उनलाई अनफलो नै गरे । विहारमा पनि युवाहरूको आवाज बन्द गर्न खोज्दै छ । सरकार विरुद्ध नारा लगायकै भरमा नेपालमा युवाहरूलाई थुनिन्छ । नेपालका नेताहरूको विगतको पृष्टभूमि हेर्ने हो भने उनीहरूले पनि तत्कालिन सरकारको विरोध गरेको देखिन्छ । उनीहरूले मान्छे मारेर/जेलनेल खाएरै आएको देखिन्छ ।

हत्या, हिसा र भ्रष्टचारको आरोप लागेका व्यक्तिहरू नै निरन्तर सरकारमा देखिन्छ । यसलाई कसरी हेर्नु भएको छ ?

यही त नेपालमा दुर्भाग्य छ, विदेशमा भए उनीहरू जेलमा हुन्थे । प्रधानमन्त्री बन्न पाउँदैनथे । हामीले उनीहरूलाई क्षमादान दिएका छौँ रत नेपालमा भ्रष्ट विचौलियाको इसारामा सरकार बनाउँने गर्छन् र चरम भ्रष्टचार गर्छन् । पहिला यहाँका नेताहरू पनि हामी जस्तै थिए । संघर्ष गर्थे, वलिदान दिएकै हुन तर जव सरकार र पदमा पुगे पैसाका लागि बदमासी गर्न थाले । उनीहरू यति अयोग्य र नालायक भएकी उनीहरूले जहाँ हात हात हाल्यो त्यहाँ विकृती र विसंगती मदलाउँदै गयो ।

भ्रष्टचार विरोधी एक सशक्त अभियन्ता तथा पूर्वसचिव इन्जिनीयर भीमप्रसाद उपाध्यायसँग गरिएको रोचक कुराकानीको अर्को भाग भोलि आउँदैछ । हेर्न नभूल्नुहोला ।




196 Views

Comments