उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई गृह जिल्लामै देखाइयो कालो झण्डा

२४ भाद्र, २०८१,१७:०३

२४ भदौ,रामेछाप । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाउँने क्रममा मन्थलीमा अवस्थित बिपीको सालिकमा माल्यार्पण गर्न आज उर्जा, जनश्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई गृह जिल्ला रामेछापको सदरमुकाम मन्थलीका जानुभएको थियो । विभिन्न अस्पतालमा विरामीहरूलाई फलफूल वितरण गर्न जाने क्रममा उहाँकै पार्टी नेपाली कांग्रेसका जिल्ला सचिव दिपक खड्काले एकलौटी ढंगले अघि बढेको आरोप सहित प्रतिनिधि सभाका सांसद एवं उर्जा राज्यमन्त्री तामाङलाई कालो झण्डा देखाएका हुन् ।

“सभापतिले एकलौटी ढंगले काम गर्ने र सचिवको अधिकारभित्रको कार्यमा हस्तक्षैप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको मर्यादामा समेत असर पार्ने गरी तानाशाही प्रवृत्तिका साथ अघि बढेकाले उक्त प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्छ । सभापतिले त्तकाल पार्टी बैठक बसेर समस्या समाधानका विषयमा गम्भीर छलफल नगरे बिपी जयन्ती कार्यक्रममा विरोध गरिनेछ ।”

‘सभापतिले एकलौटी ढंगबाट काम गर्ने र सचिवको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको मर्यादामा समेत असर पार्ने कार्य गरी तानाशाही प्रवृत्तिका साथ अघि बढेकोले उक्त प्रवृत्तिविरूद्ध एकजुट हुनुपर्छ,’ सचिव खड्काले भनेका छन्, ‘सभापतिले तत्काल पार्टी बैठक बसेर समस्या समाधान विषयमा गम्भीर छलफल नगरे बिपी जन्यन्ती कार्यक्रममा विरोध गरिनेछ।’भनी भदौ २३ मा प्रेस विज्ञप्ति जारी गरेका थिए ।



215 Views

Comments