२१ भदौ, काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिक-२०२४ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य रुपमा समापन गरियो ।समापन समारोहमा विश्व चर्चित कलाकार र खेलाडीले प्रस्तुती दिएका थिए ।
यस वर्षको पारा ओलम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलो पटक कांस्य पदक जित्न सफल भयो । तेक्वान्दोको के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशा गोबर्धनले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
पदक तालिकामा २१९ पदकसहित चीन पहिलो स्थानमा पुग्न सफल भएको छ । चीन ९४ स्वर्ण, ७५ रजत र ५० कांस्य कूल २१९ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । बेलायत ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्य गरी कूल १२४ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । अमेरिका ३६ स्वर्ण, ४२ रजत र २७ कांस्य कूल १०५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । नेदरल्यान्डस् २७ स्वर्ण, १७ रजत र १२ कांस्य कूल ५६ पदक जितेर चौथो स्थान हासिल गरेको छ । ब्राजिल २५ स्वर्ण, २६ रजत र ३८ कांस्य कूल ८९ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ ।
इटली २४ स्वर्ण, १५ रजत र ३२ कांस्य कूल ७१ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । युक्रेन २२ स्वर्ण, २८ रजत र ३२ कांस्य कूल ८२ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । त्यसैगरी आयोजक राष्ट्र फ्रान्स १९ स्वर्ण, २८ रजत र २८ कांस्य कूल ७५ पदक पदक जितेर आठौँ स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १७ रजत र २८ कांस्य कूल ६३ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जापान १४ स्वर्ण, १० रजत र १७ कांस्य कूल ४१ पदक दशौँ स्थान हासिल गरेको छ ।
जर्मन १० स्वर्ण, १४ रजत र २५ कांस्य कूल ४९ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । क्यानाडा १० स्वर्ण, ९ रजत र १० कांस्य कूल २९ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । उजबेकिस्तान १० स्वर्ण, ९ रजत र ७ कांस्य कूल २६ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । इरान ८ स्वर्ण, १० रजत र ७ कांस्य कूल २५ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । स्विजरल्याण्ड ८ स्वर्ण, ८ रजत र ५ कांस्य कूल २१ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । पोल्याण्ड ८ स्वर्ण, ६ रजत र ९ कांस्य कूल २३ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । स्पेन ७ स्वर्ण, ११ रजत र २२ कांस्य कूल ४० पदक जितेर सतौँ स्थान हासिल गरेको छ । इन्डिया ७ स्वर्ण, ९ रजत र १३ कांस्य कूल २९ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । कम्बोडिया ७ स्वर्ण, ७ रजत र १४ कांस्य कूल २८ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । बेल्जियम ७ स्वर्ण, ४ रजत र ३ कांस्य कूल १४ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
थाइल्याण्ड ६ स्वर्ण, ११ रजत र १३ कांस्य कूल ३० पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । द.कोरिया ६ स्वर्ण, १० रजत र १४ कांस्य कूल ३० पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । टर्की ६ स्वर्ण, १० रजत र १२ कांस्य कूल २८ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । क्यूवा ६ स्वर्ण, ३ रजत र १ कांस्य कूल १० पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । अल्जेरिया ६ स्वर्ण, ० रजत र ५ कांस्य कूल ११ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । हंगेरी ५ स्वर्ण, ६ रजत र ४ कांस्य कूल १५ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । ट्युनिसिया ५ स्वर्ण, ३ रजत र ३ कांस्य कूल ११ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । अजरबैजान ४ स्वर्ण, २ रजत र ५ कांस्य कूल ११ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । इजरायल ४ स्वर्ण, २ रजत र ४ कांस्य कूल १० पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । मेक्सिको ३ स्वर्ण, ६ रजत र ८ कांस्य कूल १७ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
८६ देशहरूले पदक तालिकामा आफ्नो नाम दर्ज गर्न सफल भएको सो प्रतियोगितामा नेपाल भने ७९औँ स्थानमा नाम लेखाउँन सफल भएको छ । ७९औँ स्थानमा नेपाललगायत पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जेम्वर र लियचुनिया रहेका छन् ।
Comments