एमाले–पूर्वएमाले १९ ठाउँमा कडा भिडन्त

Bhugolpark

२ कार्तिक, २०७९,१०:१८

काठमाडौं मंसिरमा प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचन देशैभरी एकै चरणमा हुँदै उम्मेदवारी दर्तापश्चात् राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो, सभा, बैठक, भेलालगायतका कार्यक्रममा व्यस्त छन्

प्रतिनिधिसभाको सय ६५ प्रदेश सभाका सय ३० सिटका लागि प्रतिस्पर्धा हुँदै निर्वाचनका लागि हजार बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् तीमध्ये सय ९५ जना चयन हुनेछन् निर्वाचन मुख्यतः दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारबीच देशैभरि प्रतिस्पर्धा

को को छन् मैदानमा ?

वाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालसहितका दलहरूको तालमेल रहेको

यी दुई गठबन्धनधारी तालमेलधारीसहित स्वतन्त्र तथा कुनै पनि गठबन्धनमा नरहेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा तर, एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका उम्मेदवारको एमालेसँगै प्रतिस्पर्धा वामलोकतान्त्रिक गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रतिनिधिसभाको सय ६५ सिटमा पाएको २० सिटमध्ये १९ ठाउँमा एमालेसँगै प्रतिस्पर्धा रहेको

हालको एमाले पूर्वएमाले नेताबीच प्रतिस्पर्धाले निर्वाचन रोचक बनेको सिराहा मा एकीकृत समाजवादीका उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज धर्मनाथप्रसाद साहबाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट बाट उम्मेदवार छन्

रौतहट मा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उम्मेदवार बनाएको गुप्ता लोसपा छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गुप्ता एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग मेयरमा पराजित भएका थिए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै परिणाम ल्याएको सत्तारूढ गठबन्धनको समर्थन रहेकाले नेपाल आफू विजय हुनेमा ढुक्क छन्

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् इलाम बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् यसअघिका निर्वाचनमा खनालका लागि मत माग्दै आएका बस्नेत योपटक भने आफैं प्रतिस्पर्धी भएका छन्

यही क्षेत्रबाट खनालले निरन्तर निर्वाचन जित्दै आएका छन् उनले २०४८, २०५१, २०६४, २०७० २०७४ मा जितेका थिए महेश भने एमालेको नयाँ अनुहार हुन् खनाल एकीकृत समाजवादीमा लागेपछि यसपटक बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा अवसर पाएका हुन् यसैगरी बाग्मती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे धादिङ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्

उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने भूमिप्रसाद त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको त्रिपाठी २०७४ मा एमालेबाट निर्वाचित सांसद हुन् उनी हाल एमाले धादिङका अध्यक्षसमेत हुन् एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा एमालेका अम्बरबहादुर रायमाझीबीच उदयपुर मा प्रतिस्पर्धा हुँदै

यसैगरी, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री एमालेका सचिव गोकर्ण विष्ट एमालेका पुराना सहकर्मी हुन् यो निर्वाचनमा यी दुई नेताले गुल्मी बाट एकअर्काबीच प्रतिस्पर्धा गर्दै छन् २०७४ मा झाँक्री समानुपातिकतर्फ सांसद भएकी थिइन् भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए

रूपन्देही मा प्रतिनिधिसभा सदस्यका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल एकीकृत समाजवादीका नेता राजु गुरुङबीच प्रतिस्पर्धा हुँदै निर्वाचन आयोगले गठबन्धनका साझा उम्मेदवार गुरुङको मनोनयन खारेज गरेपछि सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गर्न नहुने अन्तरिम आदेश दिएको निर्वाचन आयोगले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो

उम्मेदवारी खारेज भएपछि गुरुङ त्यसविरुद्ध सर्वोच्च पुगेका थिए त्यस्तै, पाल्पा मा पनि यसपटक एमाले पूर्वएमालेबीच नै प्रतिस्पर्धा हुँदै कुनैबेला एमालेका प्रभावशाली नेता रहका सोमप्रसाद पाण्डेले एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका छन् भने एमालेका तर्फबाट युवा नेता एवं एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले उम्मेदवारी दिएका छन्

एकीकृत समाजवादी नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी एमालेका पोलिटब्युरो सदस्य शान्ता चौधरी दाङ मा चुनावी प्रतिस्पर्धामा छन् २०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा खटिएकी शान्ता यसपटक उनीसँगै प्रतिस्पर्धा गर्दै छिन् दुईबीच रोचक प्रतिस्पर्धा काठमाडौं मा पनि एमाले पूर्वएमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै

एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ एमाले काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शिव राजवैद्यले उम्मेदवारी दर्ता गराएका छन् अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले जितेका थिए पार्टी विभाजन भएपछि श्रेष्ठ एकीकृत समाजवादीमा लागे अहिले उनी एकीकृत समाजवादीका उम्मेदवार बनेका छन्

काठमाडौं मा एमाले अध्यक्ष केपी ओलीले अष्टलक्ष्मी शाक्यलाई टिकट दिएका थिए तर, उनले अस्वीकार गरेपछि राजवैद्यले अवसर पाएका हुन् एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एमाले पूर्वएमालेबीच प्रतिस्पर्धा हुँदै डोटीमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले एमालेका गौरी वलीले उम्मेदवारी दिएका छन्

बझाङमा कुनै बेलाका राजनीतिक गुरुचेलाबीच प्रतिस्पर्धा हुँदै एकीकृत समाजवादीका स्थायी समिति सदस्य भानुभक्त जोशी एमालेका युवा नेता ऐन महरले उम्मेदवारी दिएका छन् महर पूर्वमन्त्री जोशीका पूर्वकार्यकर्ता हुन् एमाले विभाजनपछि जोशी एकीकृत समाजवादीमा लागेका थिए कास्की मा एकीकृत समाजवादीका श्रीनाथ बराल एमालेका विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदै

अघिल्लो निर्वाचनमा कास्की बाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भयो एमालेले अधिकारीपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो भट्टराईलाई राजनीतिमा ल्याउन जिताउन बरालले भूमिका खेले , भट्टराईले जिते तर, यसपटक बराल उनै भट्टराईसँग भिड्दै छन्

अछाम मा पनि एकीकृत समाजवादी एमाले नै चुनावी मैदानमा छन् सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर एमालेका झपट बोहराले उम्मेदवारी दिएका छन् एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए यो क्षेत्रमा रावलको नाम एकल सिफारिस भए पनि एमाले अध्यक्ष ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका बोहरालाई दिएका छन्

ललिलपुर मा पनि एमाले पूर्वएमालेबीचै प्रतिस्पर्धा हुँदै प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका कृष्णलाल महर्जन एमालेका प्रेम महर्जनले उम्मेदवारी दिएका छन् कृष्णलाल निवर्तमान सांसद हुन् भने प्रेम संघीय निर्वाचनमा नयाँ अनुहार हुन् एमालेको विभाजनसँगै कृष्णलाल समाजवादीमा लागेपछि प्रेमले अवसर पाएका हुन्

उता, दैलेख मा पनि एकीकृत समाजवादी एमालेबीच नै प्रतिस्पर्धा हुँदै एकीकृत समाजवादीका अम्मरबहादुर थापा एमालेका रवीन्द्रराज शर्माले उम्मेदवारी दिएका छन् २०७४ मा एमाले नेता रवीन्द्रराज शर्माका लागि मत मागेका अम्मर यसपटक शर्मासँगै प्रतिस्पर्धामा छन् एकीकृत समाजवादीका नेता धनबहादुर बुढा एमालेका नेता गणेशबहादुर शाही डोल्पामा प्रतिस्पर्धा गर्दै छन्

पार्टी विभाजनपछि बुढा शाही एकीकृत समाजवादीमा लागेका थिए प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए बारा मा एकीकृत समाजवादी एमालेबीच प्रतिस्पर्धा हुँदै यस निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ एमालेका एकवाल मियाँले उम्मेदवारी दिएका छन् मियाँ बारा बाट गत निर्वाचनमा राजपाबाट निर्वाचित भएका थिए

उनी राजपा छोडेर एमाले प्रवेश गरेका हुन् सल्यानमा पनि एकीकृत समाजवादी एमालेबीच प्रतिस्पर्धा हुँदै एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला एमालेका राजेन्द्रवीर रायले सल्यानबाट उम्मेदवारी दिएका छन् ।उनीहरूबीच रोचक प्रतिस्प्रर्धा हुनेठानिएको


136 Views

Comments