पूर्वाधारमात्र नभई सहरी विकासमा समेत जोड

Bhugolpark

१३ बैशाख, २०८१,१०:०८

स्थानीय तहमा सडक पूर्वाधारमात्र विकास हो भन्ने मान्यतालाई परिवर्तन गर्दै समावेशीरूपमा सबै क्षेत्रमा कामको सुरुआत हुन थालेको कागेश्वरी मनोहरा नगरपालिकाले विसं २०७४ देखि २०७९ सम्म पूर्वाधारमा रु ११ अर्ब खर्च ¥यो

  

नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना विसं २०४९ सम्म एक गाविसमा रु १८ हजारमात्र बजेट विनियोजन हुने गरेको सुनाउँदै अहिलेको स्थानीय सरकारमा कम्तीमा पनि रु ५० करोडभन्दा कम बजेट जाने स्थानीय तह नभएको बताउनुहुन्छ यही बजेटबाट स्थानीय सरकारले पालिकाको समावेशी विकास गर्नुपर्ने उहाँको भनाइ कुनै क्षेत्रलाई बढी कुनैलाई कम बजेट विनियोजन गर्नुभन्दा पनि सबै क्षेत्रलाई समानुपातिकरूपमा अघि बढाउन प्रेरित गरिएको नगरपालिका सङ्घको महासचिवसमेत रहनुभएका ढुङ्गानाले बताउनुभयो उहाँले भन्नुभयो, “अधिकारको विकेन्द्रीकरण भए पनि अझै आर्थिक विकेन्द्रीकरण भएको छैन, अहिले पनि बजेटको ११ प्रतिशतमात्र स्थानीय तहमा जान्छ, विषयगत अध्ययन गरेका कर्मचारी लामो अनुभव भएका जनप्रतिनिधि मिले समावेशी विकासमा योगदान गर्न सकिन्छ

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा नगर क्षेत्रका सडकमा बालबालिका असहाय व्यक्ति नरहने गरी पूर्वाधार बाहेकलाई पनि प्राथमिकतामा राखेर काम भएको बताउनुहुन्छ सबै क्षेत्रमा समावेशीरूपमा स्थानीय सरकारबाट काम गर्न जनशक्ति स्रोतको अभाव हुने भएकाले थप आर्थिक अधिकार स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो बजेट अभावमा अझै अपाङ्गता भएका व्यक्तिलाई आश्रयस्थल, अपाङ्गतामैत्री संरचना निर्माणमा ठोस काम गर्न बाँकी रहेको नगरप्रमुख लामाले बताउनुभयो

धुलिखेल नगरपालिकाका उपप्रमुख नीराजन जङ्गम जलाधार संरक्षण गर्दै एक घर एक धारा नीति कार्यान्वयनमा नगरपालिका लागिपरेको बताउनुहुन्छ नगरपालिकाले एकीकृत सहरी विकास योजनासमेत निर्माण गरेर समावेशीरूपमा सहरी विकासको काम गरिरहेको उहाँले सुनाउनुभयो अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट)को आह्वानमा विश्व बसोबास दिवस मनाउने गरिएको सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो राष्ट्रसङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ अक्टोबर महिनाको पहिलो सोमबार बडादसैँको महाअष्टमी परेकाले तेस्रो सोमबार नेपालमा विश्व बसोबास दिवस मनाइएको हो


106 Views

Comments