५ भदौ, काठमाडौँ । अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ आज दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन् । यही भदौ ७ गते हुने उक्त प्रतियोगितामा भिजनले दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनले पुरुष ३८ किलो मुनि र एकल पुम्सेमा सहभागिता जनाउनेछन् ।
आइओएफटिसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक दक्षिण कोरियामा नै छन् । उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
Comments