२७ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक भव्यरुपमा सम्पन्न भएको छ । फ्रान्सको पेरिसमा जुलाई २६ देखि सुरु भएको ओलम्पिक गएराति विशेष समारोहका बीच समापन गरिएको हो । अबको चार वर्षपछि ३४औँ गृष्मकालिन ओलम्पिक संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा हुनेछ ।
३२ वटा खेलका लागि ३२९ वटा इभेण्ट सञ्चालन गराइएको ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमका ६ हजार ८०० खेलाडी सहभागी थिए ।त्यसैगरी नेपालसहित एशियाका ४४ वटा देशहरूले भाग लिएका थिए ।
पाकिस्तान १ स्वर्ण पदकसहित ६२औँ स्थानमा पुग्न सफल भएको छ भने भारत १ रजत र ५ कांस्य कूल ६ पदकसहित ७१औँ स्थानमा पुग्न सफल भएको छ । कूल ९१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।
ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण जितका छन् । अमेरिकाले अन्तिममा स्वर्ण बराबरि बनाउँदा चीनलाई पदक संख्यामा उछिनेको हो ।
अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य कूल १२६ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीन ४० स्वर्ण, २७ रजत र २४ कांस्य गरी कूल ९१ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । जापान २० स्वर्ण, १२ रजत र १३ कांस्य कूल ४५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य कूल ५३ पदक जितेर चौथो स्थान हासिल गरेको छ । त्यसैगरी आयोजक राष्ट्र फ्रान्स १६ स्वर्ण, २६ रजत र २२ कांस्य कूल ६४ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ ।
नेदरल्यान्डस् १५ स्वर्ण, ७ रजत र २२ कांस्य कूल ३४ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । बेलायत १४ स्वर्ण, २२ रजत र २९ कांस्य कूल ६५ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । द. कोरिया १३ स्वर्ण, ९ रजत र १० कांस्य कूल ३२ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । इटली १२ स्वर्ण, १३ रजत र १५ कांस्य कूल ४० पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ कांस्य कूल ३३ पदक दशौँ स्थान हासिल गरेको छ ।
न्युजरल्याण्ड १० स्वर्ण, ७ रजत र ३ कांस्य कूल २० पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । क्यानाडा ९ स्वर्ण, ७ रजत र ११ कांस्य कूल २७ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । उजबेकिस्तान ८ स्वर्ण, २ रजत र ३ कांस्य कूल १३ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । हंगेरी ६ स्वर्ण, ७ रजत र ६ कांस्य कूल १९ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । स्पेन ५ स्वर्ण, ४ रजत र ९ कांस्य कूल १८ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । स्वीडेन ४ स्वर्ण, ४ रजत र ३ कांस्य कूल ११ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । केन्या ४ स्वर्ण, २ रजत र ५ कांस्य कूल ११ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । नर्वे ४ स्वर्ण, १ रजत र ३ कांस्य कूल ८ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । आइसल्याण्ड ४ स्वर्ण, ० रजत र ३ कांस्य कूल ७ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । ब्राजिल ३ स्वर्ण, ७ रजत र १० कांस्य कूल २० पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।
इरान ३ स्वर्ण, ६ रजत र ३ कांस्य कूल १२ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । युक्रेन ३ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १२ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ४ रजत र २ कांस्य कूल ९ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । जर्जिया ३ स्वर्ण, ३ रजत र १ कांस्य कूल ७ पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । बेल्जियम ३ स्वर्ण, १ रजत र ६ कांस्य कूल १० पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । बुल्गेरिया ३ स्वर्ण, १ रजत र ३ कांस्य कूल ७ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । सर्भिया ३ स्वर्ण, १ रजत र १ कांस्य कूल ५ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । चेच रिपब्लिक ३ स्वर्ण, ० रजत र २ कांस्य कूल ५ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । डेनमार्क २ स्वर्ण, २ रजत र ५ कांस्य कूल ९ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । अजरबैजान २ स्वर्ण, २ रजत र ३ कांस्य कूल ७ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।
Comments