२५ साउन, काठमाडौँ । राजनीतिक विरासतका आधारमा केपी शर्मा ओलीको सरकारमा असार ३१,२०८१ सालमा आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेकी छिन् । उनलाई कुटनीति कुन चरीको नाम हो थाहा छैन् । विशाल ठूला तथा उदयमान अर्थतन्त्र भएको भारत र चीनको बीचमा अवस्थित नेपाल जस्तो भूपरिवेष्ठित गरिव देशमा सन्तुलित परराष्ट्र नीति परराष्ट्र मन्त्रीले भएको नाताले आरजुले अवलम्बन गर्नुपर्छ । त्यसको लागि परराष्ट्र मामिलामा राम्रो ज्ञान र अनुभव हुनुपर्छ ।
तर आरजु नेपालको सत्ता राजनीतिमा परिचित अनुहार भए पनि मन्त्रीको जिम्मेवारी लिएको पहिलो पटक हो । उनका श्रीमान कांग्रेस सभापति शेरबहादुर देउवा पाँच पटक सरकारको नेतृत्व गर्दा उनले नजिकबाट शक्तिको अभ्यासमा सहभागी भइन । उनलाई कति पए कांग्रेसीहरूले नै शक्तिको गलत प्रयोग गर्ने भाउजु कांग्रेस भन्ने गर्छन् । श्रीमान शक्तिको आडमा राम्रा कांग्रेसीहरूलाई अवसर नदिएर जसले गुलामी, चाकडी वा पैसा दिन्छ उसैलाई सांसदमा टिकट दिने, मन्त्री बनाउँने, विभिन्न राजनीतिक नियुक्ति दिलाउने काम गरेको आरोपसमेत उनलाई लगाउँने गरेका छन् । अमेरिका पठाइदिन्छु भनी नक्कली भुटानी काण्डमा समेत उनको नाम जोडिएको छ । विगतमा पनि राजनीतिक विरासतका आधारमा यस्ता काण्डै काण्ड लागेका व्यक्तिहरू उच्च राजनीतिक ओहोदामा पुग्ने गरेकाले उनको पुनरावृति मात्र भएको हो भन्ने केही राजनीतिक विश्लेषकहरूको भनाई छ ।
रविलाई सहकारी ठगीमा नाम जोडिएकै भरमा राजिनामा माग्ने तथा कैयौँ दिन संसद अवरोध गर्ने नेपाली कांग्रेसका नेताहरूसमेत अहिले आरजुको बारेमा चुइक्कसम्म बोल्न सकेका छैनन् । उप-सभामुखलाई तस्कर भनी उनको तत्काल राजिनामा माग्ने रामहरी खतिवडा जस्ता सांसद पनि आरजुको बारेमा बेखबरझैँ बनेर बसेका छन् । त्यसैले राजनीतिक विरासतका आधारमा विवादस्पद छवि भएका आरजु राणा जस्ता व्यक्ति परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा किंमार्थ स्वीकार्य हुँदैन ।
को हुन आरजु राणा देउवा ?
दुई पटक संविधानसभा र एक पटक व्यवस्थापिका संसद्की सदस्य चुनिएकी उनी यस पटक भने समानुपातिक प्रणाली अन्तर्गत सांसद बनेकी हुन्।
अहिले मन्त्री बन्नुअघि उनी प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति थिइन्।
प्रतिनिधिसभामा बुझाइएको व्यक्तिगत विवरण अनुसार ६२ वर्षिया राणाले करिब २० वर्षदेखि नेपाली कांग्रेसमा आवद्ध भएको उल्लेख गरेकी छन्।
विभिन्न सङ्घ संस्थाहरूमार्फत् दुई दशकभन्दा लामो समय महिला सशक्तिकरण, प्रजनन् स्वास्थ्य, महिला हिंसा न्यूनीकरण सहितका क्षेत्रमा काम गरेकी उनले भारतको पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधी गरेकी छन्।
प्रभावशाली राणा परिवारमा जन्मिएकी उनले विद्यालय शिक्षा सेन्ट मेरिज स्कूलबाट हासिल गरेकी थिइन्। त्यसपछि भारतको एउटा ‘एलिट’ कलेजमा आफू अध्ययन गर्न गएको सन् २००१ मा नेपाली टाइम्स अङ्ग्रेजी साप्ताहिकलाई दिएको एउटा अन्तर्वार्तामा उनले उल्लेख गरेकी थिइन्।
अध्ययन सकेर नेपालमा गैर सरकारी क्षेत्रमा काम थालेकी उनले देउवासँगको आफ्नो भेट र विवाहलाई ‘भाग्यले निर्धारण गरिदिएको’ एउटा घटनाका रूपमा एउटा अन्तरवार्तामा उल्लेख गरेकी थिइन्।
पछिल्लो पटक देउवा र ओलीले सात बुँदे सहमतिमा हस्ताक्षर गर्दा सार्वजनिक भएका फोटामा आरजु पनि सँगै रहेको देखिन्छ। ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी १० कांग्रेस नेतामध्ये राणा पूर्व उपसभापति प्रकाशमान सिंह र पूर्व प्रमुख सचेतक रमेश लेखकपछि तेस्रो वरियतामा छिन्।
Comments