पेरिस ओलम्पिक : चीन २० स्वर्णसहित पहिलो, अमेरिका १९ स्वर्णसहित दोस्रो स्थानमा

२१ श्रावण, २०८१,१५:४६

कूल ६० राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् । आज पनि भारत ३ कांस्यपदक सहित ५७औँ स्थानमा कायमै छ ।

२१ साउन, काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा चीन सुरुदेखि नै फराकिलो अन्तरले पहिलो स्थानमा पुगेर आफ्नो बर्चस्व कायमै राख्न सफल भए तापनि अहिले आएर दोस्रो स्थानमा रहेको अमेरिकाले चीनलाई कडाटक्कर दिएको छ ।

हालसम्मको नतिजाअनुसार चीन २० स्वर्ण, १५ रजत र १२ कांस्य गरी कूल ४७ पदक जितेर शीर्षस्थानमा कायमै रहेको छ । अमेरिका १९ स्वर्ण, २७ रजत र २६ कांस्य कूल ७२ पदक जितेर: दोस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य कूल ४४ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया १२ स्वर्ण, ११ रजत र ८ कांस्य कूल ३१ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यसैगरी बेलायत १० स्वर्ण, १२ रजत र १६ कांस्य कूल ३८ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । द. कोरिया १० स्वर्ण, ८ रजत र ७ कांस्य कूल २५ पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । जापान ९ स्वर्ण, ५ रजत र १० कांस्य कूल २४ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ७ स्वर्ण, १० रजत र ५ कांस्य कूल २२ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । नेदरल्यान्डस् ६ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १५ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी ६ स्वर्ण, ५ रजत र २ कांस्य कूल १३ पदक जितेर दशौँ स्थान हासिल गरेको छ ।

क्यानाडा ५ स्वर्ण, ४ रजत र ८ कांस्य कूल १७ पदक जितेर एघारौँ स्थान हासिल गरेको छ । हंगेरी ३ स्वर्ण, ३ रजत र २ कांस्य कूल ८ पदक जितेर बारौँ स्थान हासिल गरेको छ । रोमानिया ३ स्वर्ण, ३ रजत र १ कांस्य कूल ७ पदक जितेर तेरौँ स्थान हासिल गरेको छ । आइसल्यान्ड ३ स्वर्ण, ० रजत र ३ कांस्य कूल ६ पदक जितेर चौधौँ स्थान हासिल गरेको छ । न्युजरल्याण्ड २ स्वर्ण, ४ रजत र १ कांस्य कूल ७ पदक जितेर पन्ध्रौँ स्थान हासिल गरेको छ । स्वीडेन २ स्वर्ण, ३ रजत र २ कांस्य कूल ७ पदक जितेर सोह्रौँ स्थान हासिल गरेको छ । युक्रेन २ स्वर्ण, १ रजत र ३ कांस्य कूल ६ पदक जितेर सतौँ स्थान हासिल गरेको छ । क्रोसिया २ स्वर्ण, १ रजत र १ कांस्य कूल ४ पदक जितेर अठारौँ स्थान हासिल गरेको छ । बेल्जियम २ स्वर्ण, ० रजत र ३ कांस्य कूल ५ पदक जितेर उन्नाइसौँ स्थान हासिल गरेको छ । हंकङ २ स्वर्ण, ० रजत र २ कांस्य कूल ४ पदक जितेर विशौँ स्थान हासिल गरेको छ ।

अजरबैजान २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर एकाइसौँ स्थान हासिल गरेको छ । फिलिपिन्स २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर वाइसौँ स्थान हासिल गरेको छ । सर्विया २ स्वर्ण, ० रजत र ० कांस्य कूल २ पदक जितेर तेइसौँ स्थान हासिल गरेको छ । ब्राजिल १ स्वर्ण, ५ रजत र ४ कांस्य कूल १० पदक जितेर चौविसौँ स्थान हासिल गरेको छ । इजरायल १ स्वर्ण, ४ रजत र १ कांस्य कूल ६ पदक जितेर पचिसौँ स्थान हासिल गरेको छ । स्पेन १ स्वर्ण, २ रजत र ५ कांस्य कूल ८ पदक जितेर छव्विसौँ स्थान हासिल गरेको छ । जर्जीया १ स्वर्ण, २ रजत र १ कांस्य कूल ४ पदक जितेर सत्ताइसौँ स्थान हासिल गरेको छ । स्वीजरल्याण्ड १ स्वर्ण, १ रजत र ४ कांस्य कूल ६ पदक जितेर अट्ठाइसौँ स्थान हासिल गरेको छ । काजकिस्तान १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर उनन्तिसौँ स्थान हासिल गरेको छ । द.अफ्रिका १ स्वर्ण, १ रजत र २ कांस्य कूल ४ पदक जितेर तिसौँ स्थान हासिल गरेको छ ।

भारतले भने हालसम्म ३ कांस्य पदक मात्र जितेर ५७औँ स्थानमा पुग्न सफल भएको छ । अहिलेसम्म कूल ६० राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।



252 Views

Comments