मन्त्रिपरिषद पुन: विस्तार : कांग्रेसका २ र नागरिक उन्मुक्तिका १ राज्यमन्त्री थप

१८ श्रावण, २०८१,१४:११

१८ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक मन्त्रिपरिषद पुन: विस्तार गरेका छन् । उनले कांग्रेसका २ र नागरिक उन्मुक्तिका १ राज्यमन्त्री थप गरेका हुन् ।

मन्त्रीपरिषदमा कांग्रेसका प्रतिनिधि सभा सांसद रुपा बिक  वन तथा वातावरण र पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा र नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन । उनीहरू तीनै जनालाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहणसमेत गराएका छन् ।

सत्तारुढ घटक कांग्रेस र एमाले मन्त्रीपरिषदलाई समावेशी गर्न र नाउपालाई पनि समेट्नका लागि राज्यमन्त्री थप्ने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए । अब मन्त्रीपरिषद २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रीपरिषद २५ सदस्यीय भन्दा ठूलो बनाउँन नपाइँने भएकाले अब भने मन्त्रीपरिषदले पूर्णता पाएको छ ।


264 Views

Comments