पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकालाई उछिन्दै चीन पहिलो स्थानमा

१८ श्रावण, २०८१,१२:५३

१८ साउन, काडमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालिन ओलम्पिक पदक तालिकामा अमेरिकालाई उछिन्दै चीन पहिलो स्थानमा पुगेको छ ।

बिहीबारको खेलपछि चीन ११ स्वर्ण, ७ रजत र ६ कांस्य गरी कूल २४ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । अमेरिका ९ स्वर्ण, १५ रजत र १३ कांस्य कूल ३७ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ । आयोजक राष्ट्र फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ कांस्य कूल २७ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलिया ८ स्वर्ण, ६ रजत र ४ कांस्य कूल १८ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य कूल १६ पदक जितेर पाँचौ स्थान हासिल गरेको छ । बेलायत ६ स्वर्ण, ७ रजत र ७ कांस्य कूल २० पदक जितेर छैटौँ स्थान हासिल गरेको छ । द. कोरिया ६ स्वर्ण, ३ रजत र ३ कांस्य कूल १२ पदक जितेर सातौँ स्थान हासिल गरेको छ । इटली ५ स्वर्ण, ७ रजत र ४ कांस्य कूल १६ पदक जितेर आठौँ स्थान हासिल गरेको छ । क्यानाडा ३ स्वर्ण, २ रजत र ३ कांस्य कूल ८ पदक जितेर नवौँ स्थान हासिल गरेको छ । जर्मनी २ स्वर्ण, २ रजत र २ कांस्य कूल पदक जितेर दशौँ स्थान हासिल गरेको छ ।

नेदरल्यान्डस्, न्युजिल्यान्ड, रोमानिया, हंकङ, अजरबैजानले २/ २ स्वर्ण पदक जितेका छन् । भारतले भने हालसम्म ३ कांस्य पदक मात्र जित्न सफल भएको छ । सातौँ दिनको खेल सकिदासम्म २६ राष्ट्रले स्वर्ण पदक जित्न सफल भएका छन् । कूल ४६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाउँन सफल भएका छन् ।



337 Views

Comments