१६ साउन,काठमाडौँ । २२/२३ वर्षकी देवी प्रतिभा जुन भारतमा आचार्य गरी भारतमानै भागवत वाचन गरेर चर्चा बटुलेकी थिइन । उनीले पशुपतिनाथ मन्दिर परिसरमा रहेको हंसमण्डप क्षेत्रमा भएको कोटीहोम भागवत वाचन गरेर हाल सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । उनको पक्ष विपक्षमा टिकाटिप्पनीसमेत हुने गरेको छ ।
त्यस्तै नेपाली चेली काठमाण्डौ स्थायी ठेगाना भएकी २६ वर्षीय चन्द्रकला सखी (सृष्टि अधिकारी) बेलायतमा बसी अंग्रेजीबाट रामकथा (रामचरित मानस) प्रवचन दिँदै आएकी थिईन् । पशुपतिनाथ परिसरमा सञ्चालित प्रवचन कार्यक्रममा पनि उनको प्रस्तुति हुने भएको छ ।
उहाँहरूलगायत अन्य पुरुष तथा महिलाहरूले पनि कोटीहोममा कथा वाचन गरिरहेका छन् । कोटीहोममा भागवत पुराणको महिमा वाचन हुने गरेको छ ।
साथै महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, ऐश्वर्य, धनधान्य र मान सम्मान प्राप्ति हुने जनविश्वास रहेको छ । विशेष गरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य श्रीमानको कामना गरी ब्रत बस्ने गर्छन् ।
साउन महिना भगवान शिवको महिमा गाउँने महिना पनि हो । त्यसमा पनि सोमबार उहाँको प्रिय दिन हो । शिवपुरानमा वर्णन गरिए अनुसार शिव परब्रह्म हुनुहुन्छ । हिन्दु धर्मालम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्छन् । हरेक वर्ष साउनको ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलन पनि हिन्दु धर्मालम्बीहरूका लागि ठूलो महत्व बोकेको छ । साउन महिनालाई भगवानको प्रिय महिनाको रूपमा चिनिन्छ ।
Comments