१५ असार,काठमाडौँ । चलचित्र अग्निदहनको पोष्टर आज रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन् । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त चलचित्र निर्णाण गरेको हो ।
अग्निदहनमा कलाकारहरू प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको निर्देशन घनश्याम लामिछानेले तथा सहायक निर्देशन परिच्छेद सेन र चन्द्र भण्डारीले गरेका छन् । चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ । चलचित्रमा छायांकन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का र प्रोडक्सन डिजाइनर सागर पाण्डेको रहेको छ । उक्त चलचित्र उत्कृष्ट अभिनय रहेको बताउँदै मंसिर ७ गते हलमा गएर हेरी दिन आम दर्शकलाई आयोजकले अनुरोधसमेत गरेको छ ।
सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताए । उनले राजनीतिक, आर्थिक, सामाजिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले सरकारले गर्नुपर्ने काम भन्दा पनि महत्वपूर्ण काम गरेकोमा प्रशंसा गरे ।
उक्त कार्क्रममा रिपोर्टर्स क्लब नेपालमा सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदचरण उपाध्याय, चलचित्रको लेखक लोकमणि पौडेललगायतले स्वगतमन्तव्यका क्रममा चलचित्रको विषयवस्तु र पात्रको अभिनयमाथि प्रकाश पार्दै चलचित्रको व्यावसायिक सफलताको शुभकामनासमेत दिए ।
Comments